देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वर्तमान सरकार संविधान कार्यान्वयनमा पूर्णरुपमा सफल : प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधान कार्यान्वयनमा पूर्णरुपमा सफल रहेको बताएका छन ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण सससम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको देउवाले उद्घाटन गर्दै वर्तमान सरकारले संंविधान कार्यान्वयन गर्ने अभिभारा पूरा गरेको र अगामी दिनमा देशको कायापलट हुने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रसेका सभापति एवं प्रधानमन्त्री देउवाले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरी सङ्घीय गणतान्त्रिक संविधान कार्यान्वयन गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरे । उनले सुदूरपश्चिममा देशकै सबैभन्दा बढी जलविद्युत् उत्पादन हुने क्षमता भएकाले त्यस क्षेत्रमा जलविद्युत्को प्रचूर विकास गर्न सबै पक्षको सहयोग आवश्यक भएको बताए ।

उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले ऊर्जा क्षेत्रबाट नै देशको विकास हुने बताए । चमेलिया जलविद्युत् आयोजना ७ नं प्रदेशकै ऊर्जाको ढोका भएकाले अब यस क्षेत्रमा लगानी वृद्धि हुनेमा उहाँले विश्वास व्यक्त गरे ।  सरकारी स्तरबाट प्रदेश नं ७ मा निर्माण सम्पन्न भएको यो पहिलो जलविद्युत् आयोजना हो । ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको हो ।