देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिदेशनितिका आधारमा लगानीनिति बनाउनुपर्छः अध्यक्ष दाहाल

देशान्तर

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वैदेशिक लगानीका बारेमा प्राथमिकताका आधारमा राज्यले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन ।

नेपाल अण्डा उत्पादक संघको १४ औं साधारण सभा तथा ८ औं अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले विदेशबाट आऊने लगानीका प्राथमिक क्षेत्र निर्धारण गरेर अबको सरकार अघिबढ्नुपर्ने बताएका हुन् ।

उनले विश्व व्यापिकरणको समयमा वैदेशिक लगानि आवश्यक रहेको भन्दै कुन कुन क्षेत्रमा लगानी भित्र्याउने भन्ने विषयमा राज्यले स्पष्ट नीति बनाउनु पर्नेमा जोड दिएका छन ।

अण्डा उत्पादक व्यवशायीहरूले कृषि तथा पशुपालनका क्षेत्रमा वैदेशिक लगानि भित्रिएको खण्डमा स्वदेशी व्यवशायी र किसानहरू मारमा पर्ने जानकारी दाहाललाई गराएका थिए । दाहालले कृषि क्षेत्रमा आधुनिकीकरण गरेर देश आत्मनिर्भर अर्थतंन्त्रतर्फ अघि बढाउन आवस्यक भएको बताए ।

उनले आफूले समृद्ध नेपालको सपना देखेको बताऊँदै देश भक्तिपूर्ण भावनाले जनमुखी भएर सबैले काम गरे देशले आर्थिक बिकासमा फड्को मार्न सक्ने बताए । दाहालले चुनावमार्फÞत जनताले समृद्धीको अभियानलाई अनुमोदन गरेकोले अब बन्ने सरकारले कृषि लगायतका क्षेत्रमा कामगर्ने दाबीगरे ।