देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आयोगलाई नामावली बुझाउन दलहरु आन्तरिक छलफलमा

देशान्तर

काठमाडौं । निर्वाचन आयोगले माघ २९ गते साँझ ५ बजेभित्र दलहरूलाई समानुपातिकतर्फ निर्वाचित हुने उम्मेद्वारको नाम सिफारिस गर्न पत्राचार गरेपछि राजनितिक दलहरु आन्तरिक छलफलमा लागेका छन ।

 

आयोगले सार्वजनिक गरेको सूची अनुसार पाँच वटा दलले समानुपातिक निर्वाचनमा थ्रेस होल्ड कटाएका छन । आयोगले समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्दै एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ तथा राजपा र फोरमले ६ र ६ सिट जितेको जानकारी दिर्दै नाम पठाउन पत्राचार गरेको हो ।

 

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय १० जना सांसद समानुपातिक तर्फबाट चुनिनेछन । आयोगले एमालेले ४१ मध्ये कम्तिमा ३७ महिलालाई प्रतिनिधि सभामा सिफारिस गर्नुपर्ने जनाएको छ । संविधानले संघीय संसदमा ३३ प्रतिशत सहभागिताका लागि प्रतिनिधिसभाको समानुपातिकबाट क्षतिपूर्तिको व्यवस्था गरेको छ ।

 

सोही व्यवस्था अनुसार अब कांग्रेसले ४० मध्ये २०, नेकपा माओवादीले १७ मध्ये १६ जना महिला पठाउनुपर्नेछ । राजपाले ६ मध्ये ५ नै तथा संघीय फोरमले ६ मध्ये ५ जना महिला सिफारिस गर्नुपर्ने भएको छ । आयोगले पत्र पठाएपछि दलहरु आजैदेखि आन्तरिक छलफलमा लागेका छन ।

मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम आयोगले राष्ट्रिय सभा निर्वाचन नभएकै कारण सार्वजनिक गर्न सकेको थिएन । आयोगले निर्वाचन भएको ६५ दिनपछि मत परिणाम सार्वजनिक गरेको हो ।