काठमाडौं ।प्रदेश नम्बर ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी हुनुभएको छ । संसदीय दलको नेता चयन गर्न भएको चुनावबाट ३४ मत ल्याएर पौडेल विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य २४ मत ल्याएर पराजित हुनुभयो ।
संसदीय दलको नेतामा निर्वा्चित भएसँगै डोरमणि प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्रीको दाबी गर्दै आउनुभएकी शाक्यको मुख्यमन्त्री बन्ने बाटो बन्द भएको छ ।
प्रतिक्रिया