देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निन्द्राको औषधी सेवन गर्नुअघि जान्नैपर्ने कुरा

देशान्तर

काठमाडौं : स्वस्थ्य जीवनका लागि पोषणयुक्त खाना, शुद्ध पानी, शुद्ध हावाको जति आवश्यक छ, उत्तिनै निन्द्राको पनि हो ।
भनिन्छ, हामीले एक रातमा ७ वा ८ घण्टा मस्त निदाउनुपर्छ । जब निन्द्रा पुग्छ, तब शरीर चंगा हुन्छ । मानसिक र शारीरिक विकारहरु कम हुन्छ । शरीरको थकान हट्छ । स्फूर्ति बढ्छ । ताजापन महसुष हुन्छ ।
तर, हामीलाई निन्द्रा पर्न छाडेको छ । वर्तमान जीवनशैलीमा अनिन्द्रा ठूलो जटिलता बन्ने गरेको छ । प्रतिस्पर्धा, पैसा, करियर, परिवार आदिको चक्करमा हाम्रो निन्द्रा विथोलिएको छ । यहि अनिन्द्राले शरीरमा अनेकौ रोगलाई जन्म दिइरहेको छ ।
विभिन्न अध्ययनहरुले देखाउँछ, हाम्रो लागि अनिन्द्रा ठूलो समस्या बनेर देखा पर्दैछ । राती निन्द्रा नपर्ने समस्याले धेरैलाई सताइरहेको छ ।
अत यसको छिटो–छरितो समाधान खोजीरहेका छौं हामी । त्यही कारण निन्द्रा लाग्ने औषधी अर्थात सिल्पिङ ट्याबलेट चपाउने क्रम बढ्दो छ ।
यसले निदाउन सजिलो बनाउँछ । तर, यसका अनेकन साइड इफेक्टहरु छन् । यो औषधिको गलत प्रयोगले त मानिसलाई कोमामा र्पुयाउन वा मृत्यु पनि हुन सक्छ ।त्यही भएर डाक्टले स्लीपिङ ट्याब्लेट प्रयोग गर्न सल्लाह दिँदैनन् । जब निद्रा नलाग्ने समस्याले गम्भीर रुप लिन्छ, त्यतिबेला मात्र यस्तो सल्लाह दिइन्छ ।

१. दिउँसो आलस्य हुनु
धेरै व्यक्तिहरुलाई स्लीपिङ ट्याब्लेट खाएर सुतेको भोलिपल्ट दिनभरी आलस्य महसुस हुन्छ । किनकी यो औषधिको प्रभाव शरीरमा लामो समयसम्म रहन्छ ।

२. राति नराम्रो सपना
जालेप्लोन, जोपिक्लोन र जोल्पिडेम आदि यस्ता औषधि हुन् जुन २ देखि ४ हप्ताका लागि दिइन्छ । केही व्यक्तिहरु यी औषधिको कारणले नराम्रो सपना देख्छन् ।

३. स्लीप एप्नियालाई बिगार्छ
पहिलेदेखि नै स्लीप एप्नियाको समस्या छ भने यी स्लीपिङ ट्याब्लेटले यसलाई अझै बिगारिदिन्छ । स्लीप एप्नियाको समस्यामा परेको व्यक्तिलाई सुतेको बेला सास फेर्न कठिनाई हुन्छ । यसले उ राम्ररी निदाउन सक्दैन र बढिजसो जागै रहन्छ ।
४. ड्रगको लत
धेरै दिनदेखि यी औषधिहरुको सेवन गरिएको छ भने यसको बानी बस्छ र औषधि नखाइकन निद्रा लाग्दैन । यो औषधि झट्टै छोड्न पनि सकिदैन किनकि यसो गर्दा उल्टी हुने, बेचैनी र छटपटि हुने जस्ता थुप्रै समस्या पैदा हुन सक्छन् ।

५. दुखाई
म्यालेटोनिनमा आधारित निद्राको औषधिहरुले अनिद्रालाई अझै धेरै बढाइदिन्छ । यसको सेवनले टाउको दुख्ने, पिठ्यू दुख्ने, वा जोर्नी दूख्ने हुन सक्छ ।

६. मृत्यूसमेत हुन सक्ने
लीपिङ ट्याब्लेटका साथमा अन्य औषधि पनि सेवन गरिएको छ भने धेरै किसिमका समस्याहरु आइपर्न सक्छन् । यसले कोमामा र्पुयाउने वा मृत्यु समेत हुन सक्छ ।

७. दिमागी रोग
यदि तीन महिनाभन्दा बढि स्लीपिङ ट्याब्लेट सेवन गरियो भने दिमागसँग जोडिएका विभिन्न समस्याहरु आइपर्न सक्छन् । यसले अल्जाइमरसमेत हुन सक्छ ।

८. दुर्घटनाको खतरा
स्लीपिङ ट्याब्लेट्स प्रयोग गरिएको छ भने गाडी चलाउने वा कुनै मेसिन चलाउने जस्ता बाहिरका काम गर्नुहुँदैन । किनकी शरीर पूर्ण सन्तुलनमा हुँदैन र दुर्घटनाका खतरा हुन सक्छ ।

९. हृदयघातको खतरा
डाक्टरहरुका अनुसार निद्राको औषधि अधिक सेवन गरेको खण्डमा हार्ट अट्याकको खतरा ५० प्रतिशतले बढ्छ । वैज्ञानिकहरुले निद्राको औषधिमा रहने तत्व जोपिडेमलाई मुटुरोगको कारकतत्व बताएका छन् ।

१०. क्यान्सर
एउटा अनुसन्धानले हरेक रातको निद्राका लागि गोलीमा भर पर्ने व्यक्तिहरुलाई क्यान्सरको पनि खतरा हुने खुलासा गरेको छ । यी गोलीहरुमा यस्तो उतत्व पाइन्छ, जसको दैनिक सेवन गर्नु हुँदैन । अन्यथा ओभरडोज हुन्छ ।