देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस वर्षको प्रणय दिवसमा भारतबाट एक करोड रुपैयाँको गुलाब आयात

देशान्तर

काठमाडौं ।नजिकिदो प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का लागि गुलाबको आयात सुरु भएको छ । प्रणय दिवसका लागि यो वर्ष भारतबाट एक करोड रुपैयाँको गुलाबको फूल आउने नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।भारतबाट एक लाख ७० हजार स्टिक गुलाब आउने सोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार यो वर्ष २ लाख २० हजार स्टिक गुलाबको माग छ । माग मध्ये ५० हजार स्टिक गुलाब स्वदेशमा उत्पादन भएको छ ।गुलाव फूलको उत्पादन र फूल लगाउने क्षेत्रफल बढ्दै गए पनि माग धेरै हुँदा भारतबाटै आयात गर्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

गएको वर्षको तुलनामा यो वर्ष गुलाब केही महँगो हुने भएको छ । पोहोर भन्दा यसपालि १० देखि १५ प्रतिशतले गुलाब महँगो हुने र उपभोक्ताले एउटा गुलाबको फूल एक सय रुपैयाँसम्ममा पाउने उहाँले बताउनुभयो ।