देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तामझामसहित कान्छी म्युजिकल नाइट

देशान्तर

काठमाडौं : निकै तामझामका साथ राजधानीको अन्नपूर्ण होटेलमा ‘कान्छी म्युजिकल नाइट सम्पन्न भएको छ। श्वेता श्री फाउन्डेसनको अगुवाइमा निर्माण भइरहेको ‘एकीकृत नमुना माझी बस्ती’ को सहयोगार्थ नायिका तथा निर्मात्री श्वेता खड्काले आयोजना गरेको ‘कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’ मा कलिउड चलचित्र उद्योगका प्रायः हस्तीहरूको उपस्थिति थियो।

बलिउडका सेलिब्रिटीको आकर्षक पहिरनका साथ भएको उपस्थितिले कार्यक्रमको भव्यता बढाएको थियो। साँझ छिप्पिँदै जाँदा अन्नपूर्ण होटेलको रेड कार्पेटमा नायिकाहरूको फोटो सेसनले निकै स्थान पाएको थियो। श्वेताले आफ्नो चलचित्र प्रोमोसनका लागि पनि आयोजना गरेको यो साँझ धेरैबेर अर्वाड तथा सम्मान समारोहमा परिणत भएको थियो।

कार्यक्रममा श्वेताले वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलाई ५१ हजार रुपैयाँसहित लाइफ टाइम एचिभमेन्टबाट सम्मान गरिन्। नेपालकी पहिलो हास्य साम्राज्ञी वसुन्धरा भुसाल र रक्षा नेपालकी प्रमुख सामाजिक अभियन्ता मेनुका थापालाई विशेष सम्मान प्रदान गरियो। अभिनेत्री भुसाल सम्मान ग्रहणपछि अन्य धेरै कार्यक्रमहरूमा जस्तै यसपटक पनि भावुक हुँदै मञ्चमै रोइन्।

चलचित्र सम्पादक भूपेन्द्र अधिकारी र माझीबस्ती निर्माणमा सक्रिय रूपमा लागिपरेका यज्ञराज कार्कीलाई प्रोत्साहन पुरस्कार दिइयो।

यसैगरी संगीतकार राजनराज शिवाकोटीले संगीत दिएको ‘कान्छी’ को ‘चरी चट्ट’ बोलको गीतले एक करोड बढी भ्युज पाएपछि उनलाई बाइक उपहार दिइयो।

‘कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’ मा स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा नायिका अशिष्मा नकर्मी, जेविका कार्की, नायक विनोद न्यौपाने र कोरियोग्राफरले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। नायक तथा निर्देशक आकाश अधिकारी र नायिका मरिस्का पोखरेलले पनि आफ्नो प्रस्तुति दिएका थिए।

जितु नेपाल र सन्दीप क्षेत्रीको कमेडी प्रस्तुतिमा उपस्थित दर्शकले निकै मनोरञ्जन लिए। धर्मेन्द्र सेवन, युवराज चौलागाईं र माण्डवी त्रिपाठीले कान्छीको गीत गाए। कवि शैलेन्द्र सिम्खडा कविता सुनाएका थिए।

कार्यक्रममा भुवन चन्द, चैत्यदेवी सिंह, नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, करिश्मा मानन्धर, अभिनेता दयाहाङ राई, पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल, डीआईजी रमेश खरेल, खेलाडी दीपक विष्ट, डा.भोला रिजाललगायत उपस्थित थिए।

श्वेताले माझी बस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनप्रति कृतज्ञता प्रकट गरिन्। उनले निर्माण र अभिनय गरेको चलचित्र ‘कान्छी’ फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ।अन्नपूर्ण