देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभा निर्वाचनको मतदान सकियो

देशान्तर

काठमाडौँ । राष्ट्रियसभा सदस्यको चुनावका लागि सात प्रदेशमध्ये ६ वटा प्रदेशमा आज मतदान सम्पन्न भएको छ । कुल ५९ जना सदस्य रहने राष्ट्रियसभामा ५६ सिटका लागि चुनाव भएको हो । अन्य तीन सिट भने सरकारको सिफारीसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

प्रत्येक प्रदेशबाट ८–८ जनाका दरले चुनाव मार्फत चुनिने ५६ जनामा यसअघि नै २४ जना निर्विरोध भईसकेका छन् । आज ३२ सिटका लागि निर्वाचन भएको हो । जसमा ५२ जनाले प्रतिस्पर्धा गरेका छन् । दुई नम्बर प्रदेशबाट सबै निर्विरोध भईसकेकाले आज ६ प्रदेशमा मात्र निर्वाचन भएको हो ।

निर्वाचनमा गाउपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुख र प्रदेशसभाका सदस्यहरुले मतदान गरेका छन् । एकल संक्रमणीय प्रणाली अनुसार हुने चुनावमा प्रदेशसभाका सांसदको मतभार ४८ हुनेछ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

यसैबीच निर्वाचन आयोगले प्रदेश ५ को निर्वाचनको मतपरिणाम आजै आउने जनाएको छ ।