देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिलेसम्मकै शक्तिशाली रकेटको प्रक्षेपण, अन्तरिक्षमा पहिलोपल्ट पुग्यो कार

देशान्तर

काठमाडौँ । अमेरिकाको निजी स्पेस कम्पनी स्पेस एक्सले बुधबार आफ्नो फाल्कन हेभी रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । राती करिब १२ बजे प्रक्षेपण गर्ने बताइए पनि २ बजेर ३० मिनेट जाँदा यसलाई प्रक्षेपण गरिएको थियो ।

कम्पनीको दाबी छ, यस रकेटमा प्रयोग भएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेटबाट डेल्टा ४ रकेटभन्दा दुई गुणा वजन भएको सामान अन्तरिक्षमा लैजान सकिन्छ । अहिलेसम्म स्याट्रन ५ लाई संसारकै शक्तिशाली रकेट मानिन्थ्यो । त्यसमा १४० टन पे लोड लैजाने शक्ति थियो ।

फाल्कन हेभीबाट आगामी दिनमा मानिसहरुलाई चन्द्रमादेखि मंगलग्रहसम्म पठाउन सकिनेछ । आज भने रकेटमा स्पेस सुट लगाइएको पुत्ला र कम्पनीका मालिक एलन मस्कको चेरी रेड कलरको टेस्ला कार अन्तररिक्षमा पठाइएको छ ।

न्युजि एजेन्सीका अनुसार प्रक्षेपणका दौरान लञ्च भएको ३ मिनेटभित्र रकेटका दुई प्रकारको बुस्टर उसबाट अलग भएको थियो । क्यालिफोर्नियाका हावथोर्न हेडक्वाटरबाट लाइभ स्ट्रिमिङको मद्दतले कम्पनीले फाल्कन हेभी रकेट लञ्चको प्रत्यक्ष प्रशारण गरेको थियो ।

प्रक्षेपण हेर्नका लागि करीब आठ किलोमिटर टाढा क्याम्प ग्राउण्ड तयार गरिएको थियो । त्यहाँबाट २ हजारभन्दा बढीले प्रक्षेपण हेरेका थिए ।यस अघि स्पेस एक्सले पुनः प्रयोग गर्न मिल्ने रकेट पनि निर्माण गरेको थियो ।