देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवाले फागुन ६ गते राजीनामा दिने

देशान्तर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजिनामा दिने भएका छन् । देउवा निकट श्रोतका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको भोलिपल्ट राजीनामा गर्नेगरी निकटहरुसँग छलफल चलाएका हुन् ।

निर्वाचन आयोगले प्रकृया छोट्याएर फागुन ५ गते प्रतिनिधि सभासदस्यको समानुपातिक परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यसअनुसार कुनै प्राविधिक गडबडी नभए देउवाको राजिनामा फागुन ६ गते आउने छ ।

कानुन मन्त्री यज्ञ बहादुर थापाले पनि चुनावी सरकार भएकाले चुनावको नतिजा आएपछि सरकारमा बसिरहन नमिल्ने बताए । ‘यो चुनावी सरकार हो, चुनावको नतिजा आएको भोलिपल्ट नै प्रधानमन्त्रीले राजिनामा दिनुहुन्छ’ मन्त्री यज्ञबहादुर थापाले बताए ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिएपनि प्रधानमन्त्री देउवाले राजिनामा नदिएको भन्दै आलोचना हुदै आएको छ ।