देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अख्तियारको प्रमुख बन्न दौडधुप सुरु

देशान्तर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बन्नका लागि कार्यरत र अवकाशमा रहेका पूर्वप्रशासकहरूको लविङ सुरु भएको छ । अख्तियार प्रमुख दीप बस्न्यातले उमेर हदका कारण अवकाश लिने भएपछि अख्तियारको प्रमुख आयुक्त बन्न सरकारका सचिव र पूर्वसचिवहरूले वाम गठबन्धनका नेताहरू सामु नजरानाको बार्गेनिङ सुरु गरेका छन् ।

अहिलेका अख्तियार प्रमुख दीप बस्न्यातको कार्यकाल आउँदो फागुनको पहिलो साता सकि“दैछ । अख्तियारको प्रमुख पद रिक्त हुने भएपछि अख्तियार प्रमुख बन्न भेटीको बार्गेनिङ भने सुरु भएको हो । अख्तियारमा प्रमुख आयुक्तदेखि केही आयुक्तहरूले समेत बिदा लिने समय नजिकि“दै गएको छ । संविधानमा भएको व्यवस्थाअनुसार आयुक्तदेखि प्रमुख आयुक्तसम्मको नियुक्ति संवैधानिक परिषद्ले गर्र्नुपर्छ ।

संसदीय सुनुवाइको समेत व्यवस्था भएकाले अहिलेको सरकारले अख्तियारमा नियुक्ति गर्न सक्ने सम्भावना देखि“दैन । नया“ प्रमुख आयुक्त र आयुक्त नियुक्तिका लागि नया“ सरकार गठन हुनुपर्ने अवस्था छ । अब बन्ने सरकार वाम गठबन्धनको हुने भएकाले अख्तियार जान चाहनेहरूले एमाले र माओवादीका शीर्ष नेताहरूको घरदैलो अभियान सुरु गरिसकेका छन् ।

स्रोतका अनुसार गठबन्धनमा रहेका १४ भन्दा बढी माओवादी नेताहरू अख्तियारको फन्दामा जुनसुकै बेला पर्न सक्छन् । त्यसैले माओवादीले एमालेस“ग अख्तियारको प्रमुख पदमा आफ्नो मान्छे ल्याउन बार्गेनिङ सुरु गरेको छ । अख्तियार जानका लागि अहिले मुख्यसचिवको लाइनमा रहेर पनि बन्न नपाएकोहरूले बढी पहल गरिरहेका छन् । नेपालको संविधानआनुसार अख्तियारमा पा“च आयुक्त र प्रमुख आयुक्त रहने व्यवस्था छ ।

अख्तियार कर्मचारी स्रोतका अनुसार अहिले अख्तियारमा रहेका पँ“च आयुक्तमध्ये सबैभन्दा सिनियरमा आयुक्त नवीन घिमिरे हुन् । घिमिरे एमाले कोटाबाट आयुक्त भएका हुन् । उनको र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध पनि निकट भएकाले ओलीले प्रधानमन्त्री भएपछि घिमिरेलाई प्रमुख आयुक्तका लागि सिफारिस गर्ने सम्भावना प्रबल रहेको बताइन्छ ।

उनी प्रमुख आयुक्त भएपछि रिक्त हुने आयुक्त पदमा जान मुख्य सचिवमा पालो नआउने सचिवहरूको नजर परेको छ । स्रोतका अनुसार अहिले सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, मुख्य सचिवका दाबेदार शंकर अधिकारी र महिला तथा बालबालिका मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय अख्तियार जाने मनस्थितिमा छन् । यी तीनैजना नेपाल सरकारको मुख्यसचिव पदको दाबेदार थिए ।

पूर्वमुख्यसचिव लीलामणि पौड्यालदेखि अन्य केही पूर्वहरूले पनि अख्तियार ताकेको बताइएको छ । पौड्याल यतिबेला चीनमा राजदूत छन् । तर अख्तियारको नेतृत्व पाए राजदूत पद छाडेर आउन तयार रहेको बताइएको छ । राजनीतिक नियुक्ति र त्यसमा पनि ठूलै नजराना चढाउनुपर्ने भएकाले पछिल्लो समयमा अख्तियारसमेत प्रभावहीन बन्दै गएको छ । अहिलेका अख्तियार प्रमुख दीप बस्न्यातले समेत ठूला माछा समाउन आफूले खुट्टा नकमाउने बताएका थिए ।

उनले दुई सयभन्दा बढी राजनीतिक र ठूला कर्मचारीको सम्पत्ति खोज्ने अभियान पनि सुरु गरेका हुन् । तर, अहिलेसम्म कर फस्र्योट आयोगभन्दा अर्को ठूलो मुद्दा दर्ता गराउन सकेका छैनन् ।

नेपालमा भ्रष्टाचार नियन्त्रण गर्नको लागि अनुसन्धानको जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यसले गर्ने कार्यमा सधंै राजनैतिक दलको विरोध हुने गरेको छ । २०७२ मंसिरमा मात्रै २९ जना नेपालका पूर्वमन्त्री, विशिष्ट कर्मचारीहरू अनुसन्धानको दायरामा ल्याउने दाबी अख्तियारले गरेको थियो । तर, ती उखानमा परिणत भएका छन् ।