देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेशसभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न फोरम र राजपाको बैठक आज बस्दै

देशान्तर

प्रदेशसभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न आज संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको छुट्टा छुट्टै बैठक बस्दैछ ।
राजपा नेपालको बैठक बिहान ९ बजेबाट जनकपुरमा शुरु भएको र फोरमको ११ बजे बस्न जनाइएको छ ।
बैठकमा माघ २१ गते अर्थात भोलि हुने प्रदेश २ को पहिलो प्रदेशसभा बैठक एवं अधिवेशनमा के–के एजेण्डासहित प्रस्तुत हुने विषयमा छलफल गरी निर्णय हुने दुवै दलका नेताहरुले जनाएका छन् । राजपाले बैठकबाट संसदीय दलको नेता, सचेतक छान्ने र अनुशासन कार्य विधिको विषयमा पनि निर्णय लिने प्रदेश सांसद प्रमेश्वर साहले जानकारी दिनुभयो ।
प्रदेश २ मा सरकार बनाउन फोरम र राजपा मिलेर अघि बढ्ने सहमति भइरहेकाले पहिलो बैठकमा सभामुख र उपसभामुखको विषयमा पनि दुवै दलले आज नै टुंगो लगाउने फोरमका प्रदेश सांसद ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।