देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभा निर्वाचन रोक्न परेका रीटमा सर्वोच्चको अस्वीकार

देशान्तर

काठमाडौं ।
सर्वोच्च अदालतले राष्ट्रियसभा निर्वाचन तत्काल रोक्न माग गर्दै दायर भएको एक रिटमा त्यस्तो आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले राष्ट्रियसभा निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण चरण भएको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेश जारी नहुने आदेश सुनाएको हो । राष्ट्रियसभाको मनोनयनमा मुस्लिम समुदायको प्रतिनिधित्व हुनेगरी नाम समावेश नभएको भन्दै सीमा खानले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको हो ।

निवेदनमा माघ १० गते गरिएको मनोनयनमा मुस्लिम समुदायका व्यक्तिहरु समावेश नभएकाले राष्ट्रियसभा निर्वाचनका हालसम्म भएका गतिविधिलाई रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको थियो । सर्वोच्चले रिटलाई अग्राधिकार प्रदान गर्दै अर्को सुनुवाइका लागि पेश गर्न आदेश गरेको छ ।