काठमाडौँ । नेपाली समुदाय युएईले जबेलअली नुजुल क्याम्पमा आउँदो २ मार्च (फागनु १८ गते) भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
समुदायले यसअघि ३ वर्ष नियमित प्रतियोगिता गराएको थियो । त्यसैलाई निरन्तरता दिँदै यस वर्ष पनि चौंथो अन्तर नेपाली सामुदायिक भलिबल प्रतियोगिता गर्न लागिएको खेलकुद संयोजक समितिका सदस्य प्रदिप शाही ठकुरीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथै तीन हजार दिर्हाम (झण्डै ८५ हजार रुपैयाँ) पाउनेछ । त्यस्तै उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा दुई हजार दिर्हाम ९५५ हजार रुपैयाँ ( र तेस्रो हुने टिमलाई एक हजार दिर्हाम ९२७ हजार रुपैयाँ) पुरस्कार दिइनेछ ।
सन् २०१५ देखि सक्रिय नेपाली समुदायले खेलकुद प्रतियोगिताबाट आउने नाफा सामाजिक सेवामा खर्च गर्ने अध्यक्ष मुनप्रसाद गुरुङले बताए ।
प्रतियोगिता नमस्ते ट्राभल, सिटीलाइफ ट्राभल, स्लेंडर लेडिज सलुन, प्रान फूड, अल बराह मिनीमार्ट, नेपाल एयरलाइन्स र अल काजीमा ट्राभलले प्रायोजन गरेका छन् ।
युएईका सबै इमिरेट्सबाट प्रतियोगिताका लागि निमन्त्रणा गरिएको र दुई दर्जन टिमको सहभागिता रहने खेलकूद संयोजक समितिका सदस्य बिक्रम लिम्बुले जानकारी दिए ।
प्रतिक्रिया