देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेले प्रदेश संसदीय दलको नेता भोटिङबाट छान्ने

देशान्तर

काठमाडौं। नेकपा एमालेले प्रदेश संसदीय दलको नेता चयन सहमतिमा चयन गर्नुपर्नेमा जोड दिएको छ । सहमति नभए भोटिङमा भएर संसदीय दलको नेता चयन गर्ने एमालेले निर्णय गरेको छ ।

संसदीय दलको नेतामा चयन हुने नै माओवादी केन्द्रसँग भएको भागबण्डाअनुसार मुख्यमन्त्री बन्नेछन् । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले सकेसम्म सहमतिमार्फत प्रदेश संसदीय दलको नेता चयन गर्ने र सहमति हुन नसके भोटिङमार्फत टुंगो लगाउने निर्णय भएको एमाले उपाध्यक्ष बामदेव गौतमले बताए ।

माओवादी केन्द्रसँग मुख्यमन्त्रीमा भएको भागबण्डा अनुसार ४ प्रदेशमा एमालेले सरकार बनाउने छ । उपाध्यक्ष गौतमका अनुसार प्रदेश नम्बर १,३, ४ र ५ मा संसदीय दलको नेता चयन हुने नै मुख्यमन्त्री बन्नेछन् ।

एमाले प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा नेता शंकर पोखरेल यसअघि नै चयन भइसकेकाले उनी मुख्यमन्त्री बन्ने पक्का भएको छ । तर, प्रदेश नम्बर १,३ र ४ मा संसदीय दलको नेता चयन हुन नसक्दा को मुख्यमन्त्री बन्ने भन्नेमा टुंगो लागेको छैन ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले प्रदेश सभामुखबारे सम्बन्धित प्रदेशले कार्य्विधि तयार गर्ने र सोहि अनुसार अघि बढ्ने गौतमले बताए ।

यस्तै बैठकले राष्ट्रियसभामा पार्टीको तर्फबाट उम्मेदवार बनेकाहरुलाई जिताउन आन्तरिक सर्कुलर जारी गरेको छ भने उम्मेदवारलाई १८ गतेदेखि २१ गतेसमम्म प्रशिक्षण पनि दिइने भएको छ ।