देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेका आठ जना निर्विरोध चयन

देशान्तर

काठमाडौं। आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका आठ जना निर्विरोध चयन भएका छन् । राष्ट्रिय सभाका ५६ सदस्यका लागि नेपाली काँग्रेसले २६ नेतालाई उम्मेदवार बनाएको थियो ।

माघ २४ मा निर्धारित निर्वाचनमा काँग्रेसबाट प्रदेश ३ र ६ बाहेकका अन्य प्रदेशबाट आठ उम्मेदवार निर्विरोध भएका हुन । प्रदेश १ ,२ र ७ बाट बाट २÷२ जना चयन भएका छन् भने प्रदेश ४ र ५ बाट १÷१ निर्विरोध चयन भएका छन् ।

प्रदेश १ बाट रमेशजंग रायमाझी र सरिता प्रसाई चुनिएका छन् भने प्रदेश २ बाट जितेन्द्र देव र मुक्ताकुमारी यादव निर्विरोध भएका छन् ।
त्यस्तै प्रदेश ४ र ५ बाट प्रकाश पन्थ र अनिता देवकोटा निर्विरोध चुनिएका छन् । प्रदेश ७ बाट उम्मेदवार बनेका बद्रि प्रसाद पाण्डे र तारादेवी भट्ट पनि निर्विरोध भएका छन् । आवश्यक ५६ जनाका लागि ८३ जनाको उम्मेदवारी परेको थियो ।