देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘सुवर्ण स्मृति पुरस्कार’ स्थापना, हरेक वर्ष अर्थशास्त्रका उत्कृष्ट विद्यार्थीले पाउने

देशान्तर

काठमाडौं । सुवर्ण स्मृति परिषद्ले नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रण्य क्रान्तिकारी व्यक्तित्व एवं नेपाली कांग्रेसका संस्थापक नेता स्व.सुवर्णशमशेर राणाको सम्मानमा ‘सुवर्ण स्मृति पुरस्कार’को स्थापना गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विषयको स्नातकोत्तर तहको परीक्षामा प्रत्येक वर्ष सर्वाधिक अंक ल्याई उत्तीर्ण हुने एक जना विद्यार्थीलाई सो पुरस्कार रकम र सम्मानपत्र दिइने परिषद्ले जनाएको छ ।

सो पुरस्कारको राशि २५ हजार रुपैयाँ राखिएको छ । पुरस्कार रकम प्रत्येक वर्ष सुवर्ण स्मृति दिवसका दिन अर्थात् कात्तिक २४ गते प्रदान गरिने जनाइएको छ ।

स्व. सुवर्णशमशेर राणा नेपालको पहिलो अर्थमन्त्री र त्रिभुवन विश्वविद्यालयको पहिलो उपकुलपति थिए । नेपालको आधुनिक अर्थतन्त्रको निर्माणमा उनको अत्यन्तै ठुलो योगदान रहेको छ । स्व.सुवर्णशमशेर राणाले मुलुकका लागि गरेको त्याग समर्पणलाई जीवन्त राख्नका लागि सुवर्ण स्मृति पुरस्कार स्थापना गरिएको परिषद्ले जनाएको छ ।