काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी नीतिमा परिर्वतन गर्नसक्ने बताएका छन् । सम्पत्ति शुद्धीकरणका सम्बन्धमा हाल नेपाल सरकारले लिइरहेको नीति कम्जोर भएको भन्दै यसलाई प्रभावकारी कार्यन्वयनमा लान आवस्यक भएको ओलीको भनाई छ ।
नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसंगको भेटमा ओलीले उद्योगीहरुको माग अनुसार एकपटकका लागि स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने संकेत गरेका हुन् ।
अध्यक्ष ओलीले सजिलैसँग एकचोटिका लागि स्रोत नखुलेको पैसालाई शुद्धीकरण गरौ भन्दा असहयोग गर्नेमाथि कारवाही हुने चेतावनी समेत दिए । उनले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानून नेपालले आफ्नो देशका लागि मात्रै नबनाएर अन्तरराष्ट्रिय समुदायसँग प्रतिवद्धता समेत जनाएको बताए ।
विश्वका बिकसित मुलुकमा सम्पत्ति शुद्धीकरणलाई गम्भीर अपराधका रुपमा हेर्ने गरिएको छ । विशेषगरी आतंकवादीहरुले आर्जन गरेको सम्पत्ति शुद्धीकरण हुने गरेको र त्यसले आतंकवादलाई प्रश्रय दिएको भन्दै यस्तो कार्यलाई गम्भीर अपराध मानिएको हो ।
नेपालमा पनि जनयुद्ध ताका माओबादीले यस्तो सम्पती लुकाउदै आएको र व्यवसायीहरुलाई देखाएर लगानी गर्दै आएको आसंका गरिएको छ । नेपालमा भ्रष्टाचारीहरुले अकूत सम्पत्ति आर्जन गर्ने र त्यसलाई चोख्याएर शुद्धीकरण गर्नकालागि विभिन्न उद्योग व्यवसायमा लगाउने क्रम बढिरहेको ओलीको भनाईछ ।
प्रतिक्रिया