काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ । कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरुसँगको तालमेल र उम्मेदवारको टुंगो लगाउने विषयमा छलफल सुरु भएको हो ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेका दल र मधेसवादी दलसंग राष्ट्रियसभा निर्वाचनका लागि छलफल सुरु गरेको कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । अन्य दलसंग तालमेलको तयारी भए पनि अन्तिम टुंगोमा भने पुगि नसकिएको उनले बताए ।
माघ २४ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा बढी भन्दा बढी सिट जित्ने गरी उम्मेदवारी दिने नेताहरुले बताएका छन् । पार्टीको तर्फबाट राष्ट्रिय सभाको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।
प्रतिक्रिया