काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले नियुक्त गरेका प्रदेश प्रमुख र प्रदेशका केन्द पछि आउने नयाँ सरकारले हटाउन सक्ने भएकाले अहिले यसको बिरोधमा लाग्नुको अर्थ नहुने बताएका छन ।
एकसाता लामो उपचारपछि काठमाडौं फर्किएका ओलीले आज त्रिभूवन अनतर्रा्िष्ट्रय विमानस्थलमा पत्रकारहरुसँ कुरा गर्दै उपयुक्त समयमा प्रदेश प्रमुख बारे सोचिने बताएका ह्न । उनले पहिलो सहमतिमा प्रदेश प्रमुख नियुक्त हुन नसक्दा अहिले सरकार अप्ठ्यारो परेको बताउदै बिरोधको गाँठो फुकाउन सहमति दिएको जानकारी दिए । ओलीले अहिलेको सरकारले नियुक्त गरिसकेको र उपयुक्त समयमा यसका बिषयमा सोच्च सकिने बताए ।
सरकारले १ नम्बर प्रदेशबाट कांग्रेस नेता डा. गोविन्द सुब्बा, २ बाट संघीय समाजवादी फोरमका नेता एवं पूर्वसचिव रत्नेश्वरलाल कायस्थ, ३ बाट चुनावअघि कांग्रेस प्रवेश गरेकी माइती नेपालकी अनुराधा कोइराला, ४ मा पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवर, ५ मा पूर्वमन्त्री उमाकान्त झा, ६ मा कांग्रेस सुर्खेतका संस्थापक दुर्गाप्रसाद खनाल र ७ मा कांग्रेस नेता मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
ओलीले सरकारले आफ्नो विधिअनुसार प्रदेश प्रमुख नियुक्त गर्ने भएकाले सहमति दिएको तर व्यक्तिको विषयमा कुनै समझदारी नभएको ओलिले बताए । उहाँले अहिले प्रदेश राजधानीमा भइरहेको आन्दोलन समाधान नभएको बताउँदै अध्यक्ष ओलीले प्रदेशसभाबाट टुंग्याउन सकिने धारणा राख्नुभएको छ । एमाले र माओवादी केन्द्रबीच एकता वार्ता चलिरहेको उल्लेख गर्दै छिटोभन्दा छिटो पार्टी एकता गर्ने ओलीको भनाइ थियो ।
प्रतिक्रिया