देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश राजधानी माग गर्दै दाङ अनिश्चितकालीन बन्द

देशान्तर

दाङ : प्रदेश राजधानीको माग गर्र्दै बुधवारदेखि दाङमा अनिश्चितकालीन बन्द गरिएको छ। ५ नं प्रदेशको राजधानी दाङमा हुनुपर्ने माग गर्दै दाङ राजधानी सरोकार समितिको सक्रियतामा अनिश्चितकालीन बन्द आह्वान गरिएको समितिका सदस्य सचिव सविन प्रियासनले जानकारी दिए।

बन्दका कारण बिहानैदेखि जिल्ला ठप्प रहेको छ। पूर्वपश्चिम राजमार्गको सवारी आगागमन पनि प्रभावित भएको छ। जिल्लामा उद्योग कलकारखाना, यातायात, शिक्षण संस्था, व्यापार व्यवसाया बिहानैदेखि बन्द रहेका छन्।

सरकारले उच्च अदालत भएको जिल्ला छोडेर राजनीतिक पहुँचका आधारमा रुपन्देहीमा प्रादेशीक मुकाम तोक्न थालेको भन्दै दाङमा नै प्रदेश मुकाम तोकिनुपर्ने माग राखेर मंगलबार देखि आन्दोलन सुरु भएको थियो।

बुधवार आन्दोलनलाई अझ कडा बनाइएको सचिव प्रियासनले जानकारी दिए। प्रदेश मुकामका लागि सबै पूर्वाधार, भौगोलिक अवस्था र आधारहरु दाङमा तयार भइरहेको र प्रदेशको मुख्य केन्द्रमा रहेको दाङ छोडेर भारतसँग जोडिएको रुपन्देहीको लुम्बिनी क्षेत्रमा मुकाम तोक्ने तयारी सरकारबाट हुनु जनताको भावना विपरित भएको जिल्लाका सरोकारवालाहरुले बताएका छन्।

दाङ प्रादेशीक राजधानी सराकार समिति, नागरिक समाज, राजनीतिक दल, उद्योगी व्यवसायीलगायत दर्जन बढी सामाजिक संघ संस्थाको आन्दोलनमा सहभागिता रहको छ। माग सुनुवाई नभएसम्म आन्दोलन फिर्ता नहुने नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले बताए।

राजधानी दाङ घोषणा नभए राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सञ्चालन गर्न नदिने तयारी समेत भएको समितिले जनाएको छ। दाङलाई प्रदेश नम्बर ५ को राजधानी नबनाउने चलखेल बढेको र राजनीतिक पहुँचका आधारमा एक कुनामा राजधानी राख्न थालिएको भन्दै उक्त कार्य कदापी हुन नदिने नागरिक समाजका संयोजक रेग्मीले बताए।