सुदूरपश्चिममा आज काग तिहार मनाइदैछ । कार्तिकमा पर्ने दिपावली तिहारमा कागको पुजा गर्ने प्रचलन रहिआएको भएपनि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भने आज अलि फरक ढंगले काग तिहार मनाईन्छ ।
स्थानीय भाषामा “नरहरी भनिने यस चाड माघे सक्रान्ति भनेर पनि भन्ने गरिन्छ । नर भनेको मानिस हरी भगवानमा लिन हुनु अथवा उपासाना गर्ने महिनाको शुरुवात भएकाले माघे संक्रान्तिलाई नरहरी भनिएको बताईएको छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे सक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठापरिकारहरु खुवाउने चलन रहेको छ ।
धर्मशास्त्रहरु अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।
सुदूरपश्चिमेलीहरुले मनाउँदै आएका मौलिक चाड पर्वहरु मध्येको एकचाड माघे सक्रान्ति अर्थात पुसे तिहारका लागि कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरु घर फर्किने गर्दछन भने बिबाहित महिलाहरु माइती घर जाने गर्दछन् । पुसे त्यार अर्थात माघे सक्रान्तिलाई आफन्त एवं इष्टमित्रहरुसंग भेटघाट गर्ने पर्वको रुपमा लिइने गरिएको श्रीकोटका स्थानिय हेमराज गिरीले बताउनुभयो । पुस्तौदेखि मनाइदैं आएको पुसे तिहारकोे महत्व सुदूरपश्चिममा अझेैे उत्तिकै रहेको पाइन्छ ।
प्रतिक्रिया