काठमाडौं । युवा समाजसेवी राजकुमार बस्नेतले आफुले राष्ट्रियसभामा प्रतिनिधित्व गर्न पाउनुपर्ने भनी स्थानीयले उठाएको माग सहि भएको बताएका छन ।
उनले सोमबार बिहान पत्रकारहरुसंग कुरागर्दै ल्यारक्याल लामा र दिपक मनाङ्गे लाई सभासद् बनाउन मिल्दा आफुलाई नमिल्ने भन्ने प्रबृति गलत भएको दाबी गरे । उनले यसअघि पनि प्रस्ताव आएको तर, नगएको र अहिले संबिधान बमोजिमको क्लस्टरमा आफु परे जहेन्दार बिद्यार्थीका लागि भएपनि राष्ट्रियसभामा जान तयार भइ्एको बताए ।
बस्नेतले आफुलाई सभासद्का लागि वाम गठबन्धनबाट पटक पटक प्रस्ताव आएपनि नमानेको भन्दै असहाय बालवालिकाको शिक्षामा योगदान दिन पनि राष्ट्रियसभामा उमेद्वार बन्न तयार भएको बताए । ललितपुरको क्षेत्र नम्बर ३ अन्र्तगत गोदावरी नगरपालिकका स्थायी घरभएका बस्नेतलाई राष्ट्रियसभामा लान वाम गठबन्धन भित्रबाटै दवाब पनि परेको छ ।
बिभिन्न संघसस्था मार्फत समाजसेवामा लागेका बस्नेत ब्यावहारिक कानुनका ज्ञाता समेत हुन । उनले सर्बोच्च अदालत लगायतका अदालतमा लामो समय काम समेत गरेका छन ।
उनलाई यस अघि भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेले ललितपुर क्षेत्र नम्बर ३ बाट उमेद्वार बनाउने तयारी गरेको थियो । अहिले पनि एमालेकै स्थानीय कार्यकताहरुले बस्नेतलाई राष्टियसभामा ल्याउन दवाब दिएका हुन ।
प्रतिनिधिसभा एमालेले ल्याउन चाहेपनि पछि नवराज सिलवाल आएपछि उनले टिकट पाएका थिएन । बस्नेत राष्टिय पिडित उद्धार परामर्श तथा सास्कृतिक युवा समाजका अध्यक्ष हुन भने नो गु्रप सेक्युरिटिसर्भिस प्रालीका संचालक पनि हुन ।
बस्नेतले युवा समाज मार्फत समाज सेवाका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै बिभिन्न संघसस्थाले सम्मान समेत गरेका छन । उनले राष्टिय पिडित उद्धार अन्र्तगत बिभिन्न गरिव र जेहेन्दार बिध्यार्थीहरुलाई निशुुल्क पठन पाठनको व्यवस्था समेत मिलाउदै आएका छन ।
हाल पनि उनले संस्था मार्फत ३ सय ९५ जना बिध्यार्थीहरुलाई निशुल्क पढ्ने व्यवस्था मिलाएको बताईएको छ । बस्नेतले १ सय २५ भन्दा बढी गरिव र असक्त बिरामीहरुको मेजर अपरेशन समेत गराएका छन ।
उनले आफ्नो संस्था मार्फत बिभिन्न अस्पताहरुमा सम्पर्क गरी उपचारको व्यवस्था लिाएको बताएका छन । भूकम्प पिडित र एकल महिलालाई सिपमुलक तालिमको व्यवस्था गरेर सयौ जनालाई स्वरोजगार र आत्मनिर्भर पनि बनाएका छन ।
उनले बिभिन्न राष्टिय दैविप्रकोपमा परेकाहरुलाई राहत उपलब्ध गराएउनुका साथै यसैसाता सितलहर र जाडोले मर्कामा परेका चितवनका चेपांग समुदायलाई राहत बितारणको कार्यक्रम पनि राखेका छन । उनको नो गु्रप सेक्युरिटिसर्भिसबाट तालिम सहित एकहजार भन्दा बढीले बिभिन्न निकायमा काम समेत पाएका छन ।
बिभिन्न समुहको रगत अभाव र धेरै बिरामी परेका क्षेत्रमा स्वास्थ्य शिविर सन्चालन गर्दै आएको उनको राष्ट्रिय पिडित उद्धार सस्थालाई चाडै गरिव र असहायका लागि काम गर्ने फाउण्डेशनको रुपमा बिकास गर्ने बस्नेतले बताएका छन ।
उनले ललितपुरबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने अवसर आए यसबाट प्राप्त हुने सबै रकम असहाय बिद्यार्थीको पढाईका लागि खर्च गर्ने बताएका छन । एमालेले निर्धारण गरेको मापदण्ड र संविधानको धारा (८७) बमोजिम बस्नेत योग्य उमेद्वार भएको वाम गठबन्धनका कार्यकर्ताहरुको भनाईछ ।
समाज सेवा र व्यवहारीक कानुनका ज्ञाता बस्नेत स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका कारण पनि एमालेको मापदण्डभित्र बस्नेत रहेको कार्यकर्ताहरुको भनाई छ ।
प्रतिक्रिया