नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को जारी छैटौं बैठकमा विभिन्न असमान सन्धिसम्झौता र मुद्दा परिमार्जनमा भारतीय पक्ष अलि लचक देखिएको छ ।
भारतको नयाँ दिल्लीमामा जारी दुईदिने बैठकमा भारतले पहिलोपटक यस्तो लचकता देखाएको विज्ञहरुको भनाई छ । बैठकमा १९५० को सन्धि परिमार्जन, बुँदाको संशोधन लगायतमा छलफल भएको छ । बैठकमा मस्यौदा र विवादित बुँदाबारे छलफल भएको अधिकारीहरूले बताएका छन ।
बैठक १९५० लाई सम्बोधन गर्दै अन्य विषयमा कुन तवरले प्रतिवेदन ‘ड्राफ्ट’ गर्ने विषयमा छलफल बढी केन्द्रित थियो । ईपीजीको आजको बैठक दुई सेसनमा छलफल हुने अधिकारीहरुको भनाई छ ।
प्रतिक्रिया