देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश प्रमुख र अस्थायी राजधानी राजनितिक परमर्शपछि तोक्ने मन्त्रीपरिषद्को निर्णय

देशान्तर

प्रदेश प्रमुख र सम्पर्क कार्यलय तोक्ने बिषयमा छलफल गर्न बसेको मन्त्रीपरिषद् बैठक सम्पन्न भएको छ । प्रदेश प्रमुख र अस्थायी राजधानीका बिषयमा थप राजनितिक परमर्श गर्ने भन्दै कुनै निर्णयमा नपुगि आजको बैठक सकिएको छ ।

प्रधानमन्त्री शेरबाहादुर देउवाले आज एमाले र माओवादी लगाएतका दलहरुसँग थप मरापर्श गरेर मात्र प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्ने भने पछि आजको मन्त्रीपरिषदको बैठक बिना निर्णय सकिएको हो ।

आज बसेको मन्त्री परिषदको बैठकमा नियमित छलफल बाहेक अन्य कुनै निर्णय नभएको बैठकपछि प्रधानमन्त्री देउका प्रेस सल्लाहकार गोबिन्द परियारले जानकारी दिनुभयो ।

बिहान नौ सुरु भएको बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने अनुमान गरिएको थियो । बैठकमा कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रियाको थालनी गर्ने सम्बन्धी प्रस्ताव माथि पनि छलफल भएको छ ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेका अनुसार स्वेच्छिक अवकाश सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत हुनासाथ राजपत्रमा सूचना प्रकाशन गरीनेछ । कर्मचारी समायोजन ऐनअनुसार ऐन जारी भएको तीन महिनाभित्र स्वेच्छिक अवकाशका लागि सूचना जारी गर्नुपर्ने प्रावधान छ ।

समायोजन ऐन गत २९ असोजमा जारी भएको थियो । सोही अनुसार सामान्य प्रशासन मन्त्रालयले राजपत्रमार्फत सूचना जारी गरी स्वेच्छिक अवकाशको प्रक्रिया थाल्ने गृहकार्य अघि बढाएको हो ।