देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आदर्श माविमा एकैदिन १२ छात्रा बेहोस

देशान्तर

काठमाडौं । धादिङको गजुरी गाउँपालिकामा रहेको आदर्श माविका छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । मंगलबार देखि कक्षा ९ र १० मा पढ्ने छात्राहरु बेहोस हुन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरीएको छ ।

बिद्यायलका अनुसार मंगलबार विहान विद्यालयको प्राथनाको समयमा एकजना छात्रा वेहोस भएपछि अरु छात्राहरु पनि क्रमश वेहोस भएका थिए । मंगलबार ५ जना र बुधबार १२ जना छात्राहरु बेहोस भएर पढाइ प्रभावित भएको हो ।

विद्यार्थीहरुलाई प्राथनाको लाइनमा राखिपछि एकजना छात्रा बेहोस भएको र उनलाई गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लाने क्रमा अरु विद्यार्थी पनि बाटोमै बेहोस भएका थिए ।

यो क्रम बुधबार दिउँसो १२ बजेपछि कक्षामा मै छात्राहरु वेहोस हुनेक्रम बढ्दै थप १२ जना विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द गरिएको बताईएको छ ।

मंगलबार देखि कक्षा ९ र १० मा पढ्ने छात्राहरु बेहोस हुन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरीएको विद्यालय प्रशासनले जनाएको छ । यस्तो समस्या एक महिना अघि पनि देखिएको थियो । एक महिना अघि पनि एकै दिन ५ जना छात्राहरु बेहोस भएका थिए ।

यता, चिकित्सकहरुले भने छात्राहरु कुनै रोग नभएको बताएका छन । चिकित्सकहरुले मास हिस्टेरिया पनि भनिने कन्भर्सन डिसअर्डरको समस्या भएको बताएपछि विद्यालयले विद्यार्थीहरुलाई मनोपरामर्श समेत लिइरहेको छ ।