प्रदेश प्रमुख नियुत्ति लगाताका निर्वाचन सम्बन्धी निर्णय गर्न मन्त्रीपरिषदको भोली बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलीका लागि मन्त्रिपरिषद् बैठक बिहान ९ बजेका लागि डाक्नुभएको छ ।
आज मन्त्रीपरिषदको नियमित बैठक भएपनि सार्वजनिक बिदाका दिन परेकाले बैठक भोलिका लागि डाकिएको हो ।
प्रधानमन्त्री कार्यलयका अनुसार भोलिको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरीएको छ ।
प्रदेश प्रमुखको नामबारे सहमति जुटाउन प्रधानमन्त्री देउवाले निरन्तर छलफल गर्दै आउन भएको छ ।
गत बिहीबार नै प्रदेश प्रमुख तोक्ने बताए पनि प्रधानमन्त्रीले सहमति जुटाउन भन्दै मन्त्रिपरिषद्को बैठक पछिसार्दै आउनुभएको छ ।
प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलाइ हुँदा निर्वाचन आयोगले प्रदेश सभाको अन्तिम मतपरिणाम घोषणा गर्न पाएको छैन ।
आयोगले प्रदेश प्रमुखलाई प्रदेश सभाको मतपरिणाम बुझाउनुपर्ने संवैधानिक प्रावधान छ ।
प्रतिक्रिया