प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज पनि धनकुटा बन्द आव्हान गरेका छन् ।
धनकुटालाई प्रदेश नं.१ को राजधानी तोकिनुपर्ने माग राख्दै आन्दोलनरत स्थानीयले एक महिना अघिदेखि चरणबद्ध आन्दोलनका गतिविधि गर्दै आएका छन् ।
लगातार ६ दिनसम्म आमहड्ताल गरिएको धनकुटामा विगत २ दिन अघिदेखि आन्दोलनको स्वरुप बदलिएको थियो ।
तर आज पुन बन्द आव्हान गरिएपछि जनजीवन प्रभावित बनेको छ ।
सरकारले भने प्रदेशको अस्थायी मुकाम नतोक्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया