काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम राष्ट्र बैंकले एनसेलको लाभांश विदेश लैजान स्वीकृति दिएको छ । आर्थिक वर्ष २०७२ र ७३ को ७ अर्ब ६० करोड रुपैयाँ लाभांश विदेश लैजान राष्ट्रबैंक सटही सुविधाका लागि स्वीकृति दिएको हो ।
राष्ट्रबैकले एनसेलले १० अर्ब रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । यसमध्ये ८० प्रतिशत सेयर होल्डर रेनोल्ड होल्डिङसको स्वामित्वको लाभांश विदेश लैजान दिने स्वीकृति दिइएको हो ।
राष्ट्रबैंक १० अर्ब रुपैयाँको ८० प्रतिशत लाभांश ८ अर्ब शिदेशल लान स्वीकृति दिएको बताएको छ । यो रकममा ५ प्रतिशत लाभांश कर लाग्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार ४० करोड कर दाखिला एनसेलले गरिसकेको छ । लाभांश लैजान स्वीकृति पाए पनि एनसेलले बिक्रीको पुँजीगत लाभकर असुलीको विवाद सकिएको बताएको छ ।
यस अघि एनसेलको पुँजीगत लाभकर निर्धारण गरेपछि सरकारले कर असुल नभएसम्म विदेश पैसा लैजान रोक्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया