देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एजेण्डा भएकाले कांग्रेसकाे नेतृत्व गर्छ: प्रवक्ता शर्मा

देशान्तर

काठमाडाै‌ । नेपाली कांग्रेसका प्रभासाली युवा नेता तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले उमेर हुनेले नभई पार्टीको एजेण्डा बोकेकाले मात्र पार्टीको नेतृत्व गर्ने बताएका छन्।

पार्टी प्रवक्ता शर्माले आज पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक छिट्टै बस्ने बताए । उनले पार्टी प्रवक्ता हुनुभन्दा अगाडि देखी नै केन्द्रिय कार्यसमिति बैठकको माग गर्दै आएका थिए ।

पार्टी प्रवक्ता भईसकेपछि गरेको पत्रकार सम्मेलनमा उनले भने ‘उमेर भएकालाई होइन कि एजेण्डा भएकालाई नेतृत्व दिने हो। जो बदलिन्छ, उसले नेतृत्व गर्छ।’

कांग्रेस भूकम्पपछिको नेपाल जस्तै बनेकोले केही ढिलो भएपनि पुनर्निर्माणका लागि तयारी भइरहेको उनले बताए।

पार्टी पुनर्निर्माणका छट्टै केन्द्रीय कार्यसमितिको बैठक बस्ने प्रबक्ता शर्माले जानकारी दिएका छन् । तर, बैठकको मितिका बारेमा भने टुङ्गो लागि नसकेको शर्माको भनाइ छ ।

अहिले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न केही कामहरू गर्न बाँकी नै भएको भन्दै शर्माले केन्द्रीय कार्यसमितिको बैठक बस्न ढिला भएको बताए। ‘पार्टीको भन्दा पनि अहिले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्नका लागि केही काम गर्न बाँकी छ, ‘ उनले भने, ‘त्यसले गर्दा कार्यसमिति बैठकको मितिको टुङ्गो नलागेको हो, बैठक छिट्टै बस्छ, समीक्षा हुन्छ।’