देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली र दाहालको निर्देशनमा संयुक्त कार्यदलले काम सुरू गर्दै

देशान्तर

काठमाडौं । मंगलबार गठन गरिएको संयुक्त कार्यदललाई काम अघि बढाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यषदाहालले निर्देशन दिएका छन् । राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठन गरिएको कार्यदललाई अध्यक्षद्धयले निर्देशन दिएका हुन् ।

अध्यक्षद्वय ओली र दाहालसहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बुधबार बालकोटमा बसेको थियो । बैठकमा अध्यक्षद्वयले कार्यदलले काम गर्ने कार्यबिधि र कार्यदेशका बारेमा दिशानिर्देश समेत गरेका थिए । कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्नेछ ।

प्रतिवेदन तयार पार्दा दुबै दलले प्राप्त गरेको जनमत, व्यक्तित्व र योगदान, पार्टी एकताको गति र सन्तुलनलाई अधार बनाइने कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए । कार्यदलले बिहीबारबाटनै काम सुरु गरेर छिटो प्रतिवेदन पेश गर्ने र प्रतिवेदन भन्दा पहिलेनै पार्टी एकता भएमा कार्यदलको प्रतिबेदनसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष कमिटीमा जाने पुनले बताए ।

कार्यदलमा माओवादीबाट रामबहादुर थापा, बर्षमान पुन र मातृका यादव रहेका छन् भने एमालेबाट सुवास नेम्वाङ, शङकर पोखरेल र सुरेन्द्र पाण्डे रहेका छन् ।