केदार भट्टराई
सोमवारदेखि अदालत र प्रा डा गोविन्द केसी समाचारको चर्चामा रहे । अझ साँझ केसीलाई अदालतको मानहानी गरेको भन्दै आमरण अनसन बसेको स्थानबाट प्रक्राउ गरेपछि समाचार अझै हट केक भएर आयो । साँझ नै सामाजिक संजालमा गोविन्द केसीको पक्ष विपक्षमा बहस सुरु भए । त्यसैगरि अदालत अनि विषेश गरि प्रध्यानन्याधीश गोपाल पराजुलीको पनि पक्ष विपक्षमा सामाजिक संजालका भित्ताहरु रंगिए ।
तर यहाँ उल्लेख गर्न खोजिएको भने यो प्रकरणसंग जोडिएको फरक प्रसंग हो । केसी र अदालतको पक्ष विपक्षमा बहस चलिरहदा केसीको पक्षमा वकालत गर्दै चर्को भाषणवाजी गर्ने संविधान निर्माताहरुलाई एउटा प्रश्न, संविधान बनाउने मात्र चिज हो कि पालाना पनि गर्ने चिज हो ? अनि संविधानको पालाना सवैभन्दा पहिला संविधान बनाउने अनि संविधानमा हस्ताक्षर गर्नेहरुले गर्ने हो कि संविधानमा हस्ताक्षर गर्नेहरुले संविधानको पालना नगर्दा पनि हुन्छ ? यदी उहाँहरुले पनि संविधानको पालना गर्ने हो भने, तपाईंहरुले बनाएको यो संविधानको कुन धारा र निकायले प्रधान न्यायधीशलाई यतिबेला बर्खास्ती गरेर डा गोविन्द केसीको माग पुरा हुन्छन् ?
सडकमा पुगेर हामीमाथि पनि मानहानीको मुद्दा लगाइयोस् भनेको भन्ने संविधान निर्माताहरु डा बाबुराम भट्टराई र गगन थापाहरुले बर्तमान संविधान अनुसार कसरी प्रधानन्यायधीशको बर्खास्ती हुन्छ बैधानिक बाटो पनि देखाउने दायित्व हो कि होइन ? उहाँहरु दुवै जनालाई यो पटक पनि जनताले विश्वास गरेर प्रतिनीधिसभा सदस्य बनाएका छन् । संविधान जारी भएपछि प्रतिनीधिसभा सदस्य बन्नु भनेको के संविधानको धज्जी उठाउनु हो ?
यदी संविधानको धज्जी उठाउनु होइन भने किन गोविन्द केसीको पक्षमा उहाँहरु सडकमा उत्रनु भयो ? लोकतन्त्रको पक्षमा सडकमा वकालत गरेको पनि पाइयो । के लोकतन्त्र भनेको विधी, प्रक्रिया, पद्दतीको धज्जी उठाउनु हो । गोविन्द केसी ठिक वा बेठिक भन्ने बिषयमा छलफल गर्न सकिन्छ त्यसै अदालतका काम कारवाही ठिक कि बेठीक भन्ने बिषयमा पनि छलफल गर्न मिल्ला, अझ सडकमा अदालत ठिक कि बेठिक भनेर बहसमा उत्रनुभएको माननिय ज्यूहरु फेरि पनि बिद्यायीका हुनुहुन्छ, अदालत ठिक कि बेठिक भन्ने विषयमा बहस गर्न मिल्ने गरि कानुन बनाउनुहोस, त्यो सवै भन्दा उत्तम हुन्छ ।
अर्को कुरा प्रहरी महानिरिक्षक काण्डमा नेपाली कांग्रेस निर्णयले अदालतका बारेमा एउटा निर्णय ग¥यो । त्यो बेलामा अदालतको मानहानी भयो भनेर को को ले बोलेका थिए । आजपनि समाचारका कटिङहरु भटिन्छन होला, त्यो बेला नेपाली कांग्रेसका पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवामाथि मानहानीका बिषयमा कारवाही हुनुपर्छ भनेर बुरुक्क गर्नेहरु किन आज गोविन्द केसीलाई मानिहानीको मुद्दा लाग्दा रुवावासी, यो प्रश्नको जवाफ पनि माननिय ज्यूहरुले दिने कि ?
प्रतिक्रिया