देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रीपरिषदको बैठक बस्दै, प्रदेश ‘प्रमुख’ को आजै टुंगो लाग्ने

देशान्तर

मन्त्रीरिषदको बैठक आज बस्ने भएको छ। सरकारले आजै प्रदेश प्रमुख तोक्ने तयारी पनि थालेको छ।
प्रधानमन्त्री शेरबाहादुर देउवाले आईतवार दिनभर आन्तरिक तथा बिभिन्न राजनितिक दलका नेताहरुसँगको परामर्शपछिआज प्रदेशप्रमुख तोक्ने तयारी गरेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए।

प्रदेश प्रमुखको टुंगो आज लगाउने भएतापनि सरकारले प्रदेशको अस्थायी राजधानी भने नतोक्ने भएको छ।
प्रदेशको राजधानी माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन हुन थालेपछि प्रदेशको अस्याथी राजधानी तोक्ने बिषयमा सरकारपछि हटेको हो ।

संविधान अनुसार केन्द्रीय सरकारले अस्थायी राजधानी तोक्नुपर्ने र प्रदेशसभाको दुई तिहाईले स्थायी राजधानी तोक्ने प्रावधान भएपनि विवाद बढ्ने देखिएकोले अस्थायी राजधानी नतोकी प्रदेश प्रमुखमात्र सरकारले तोक्न लागेको हो।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रदेशको अस्थायी राजधानी तोक्नेबारे दलीय सहमति बनाउन खोजेपनि एमाले, माओवादी लगायतका दलले स्वविवेक प्रयोग गर्न भनेका थिए।

जुनसुकै स्थानमा अस्थायी राजधानी तोकेपनि आन्दोलन र विवाद निरन्तर हुने भएपछि सरकारबाट बिदा हुने बेलामा बिवादमा आउने निर्णय नगर्ने पक्षमा प्रधानमन्त्री देउवा रहेको बालुवाटार स्रोतले जनाएको छ।

यसअघि सरकारले प्रदेश १ को विराटनगर, २ को जनकपुर , ३ को भक्तपुर, ४ को पोखरा, ५ को दाङ , ६ को सुर्खेत र ७ को धनगढी तोक्ने तयारी गरेको थियो। प्रदेश राजधानी नतोकी प्रदेश सांसदहरुलाई काठमाडौं बोलाएर सपथ गराउने सरकारको तयारी छ।