काठमाडौं,
गृह मन्त्रालयलले पहिलो चरणको निर्वाचन आउन ११ दिन मात्र बाँकी रहँदा निर्वाचन हुने ३२ जिल्लाको सुरक्षा व्यवस्था अत्यन्त मजबुत पारिएको जनाएको छ ।
निर्वाचनका लागी मजबुत सुरक्षा आधार तयार पारिएको भन्दै उम्मेदवार र मतदान केन्द्रको सुरक्षामा कुनै कसर बाँकी नराखेको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्माले बताए। छिटफुट रुपमा केही समुहले आफ्नो अस्तित्व देखाउन निर्वाचन विरोधी गतिविधि गरिरहेपनि सुरक्षा अवस्था पुर्णत नियन्त्रणमा रहेको मन्त्रालयको दावी छ । साथै उम्मेदवारमाथि पछिल्लो समय बढिरहेको आक्रमणका घटनालाई ध्यानमा राखेर गर्दै मन्त्रालयले सुक्ष्म रुपमा सुरक्षा टोली परिचालन गरेको पनि जनाएको छ । निर्वाचनका लागि तीन तहको सुरक्षा प्रबन्ध मिलाईएको भन्दै मतदातालाई ढुक्क भएर निर्वाचनमा भोट खसाल्ने अवस्था सृजना गर्न सुरक्षा निकाय लागि परेको प्रवक्ता शर्माले उल्लेख गरे ।
प्रतिक्रिया