काठमाडौं । सरकारले आजदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवा प्रदायकलाई बन्द गराउन लागेको हो ।
गाउँपालिकामा भने आगामी वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ। सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि ‘अपग्रेड’मा ध्यान दिन आग्रह गरेको छ ।
केबल टेलिभिजन महासंघमा आबद्ध टेलिभिजनहरूलाई पनि कात्तिक २८ अर्थात् आजबाट एनालग बन्द हुने सूचना दिन आग्रह गरेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया