काठमाडौं । आज विश्व मधुमेह दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्व मधुमेह संस्था र विश्व स्वास्थ्य संगठनको घोषणा अनुरुप सन् १९९१ देखि यो दिवस मनाउन थालिएको हो ।
मधुमेहको उपचारको लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेडेरिक ब्यान्टिङको जन्मदिनको सम्झनामा नोभेम्बर १४ लाई मधुमेह दिवसको रुपमा मनाइन्छ ।
विश्वमा २८ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् । नेपालमा पनि २० वर्ष र त्यसभन्दा माथिका झण्डै १५ प्रतिशत मानिसलाई मधुमेह भएको तथ्यांक छ ।
प्रतिक्रिया