क्वालालमपुर । मलेसियामा गैर कानूनी रुपमा काम गर्ने कामदारहरुलाई मलेसिया सरकारले दिएको घर फर्कने समय सकिनै लाग्दा विचौलीयाहरु सलबलाउन थालेका छन् । उनीहरुले पिडितलाई थप पिडित बनाएपछि मलेसियास्थित राजदूतावास त्यसलाई रोक्न प्रयासरत रहेको छ ।
दूतावास सूत्रका अनुसार विचौलियाहरुले चर्को मूल्य उठाउने, डकुमेण्ट बनाएर महिनौ दिनसम्म नेपाल नफर्काउने, टिकट छैन रकम थप्नु पर्यो भन्दै पिडीतहरुलाई ठगिरहेका छन् । यस्ता ठगीबारे दूतावासमा पिडितहरुले थुप्रै उजुरी दिएका छन् । पीडितहरुको उजुरी परेपछि दूतावासले नोभेम्बर ३ तारिखमा सूचना प्रकासित गरि मलेसियाको सरकारले तोकेको हार्फासे कम्पनिमा सम्पर्क गर्न भनेको थियो ।
हार्फासेले निश्चित रकम तोकि अध्यागमनमा फिङगर गर्न लैजान थालेपछि उनीहरुले घर जान चाहने नेपालीहरुलाई बढि रकम लिन र ढिलो गर्न नपाए पछि दूतावासको विरोध गर्दै सामाजिक संञ्जाल र केहि अन लाईन मिडियामा नकारात्मक हल्ला फैलाएको श्रोतले बताएको छ ।
हार्फासे मार्फत जाँदा समग्र हिसावमा घर जाने नेपालीलाई मर्का नपरोस र उनिहरुको हितमा भएको श्रोतको दावि छ विचौलियाहरुले २४ सय रिङगेट देखि ३ हजार रिङगेट सम्म लिने र त्यो पनि हप्तौ दिन सम्म नपठाउने गरेको उजुरीहरु रहेको जनाएको छ । ट्राभल डकुमेण्ट, टिकट, फिङगर र हार्फासेलाई बुझाउने रकम गरि जम्मा १९ सय भन्दा कम रिङगेटमा जान सक्ने भए पनि विचौलियाहरुले २४ सय भन्दा माथि रकम उठाएको पिडितहरुले दिएको उजुरीमा जनाएको श्रोतले बताएको छ ।
अझ कति पय विचौलीयाले काम गर्न आएको २ महिनामा नै कम्पनिबाट भगाउने, यहाँ डरत्रास देखाउने, हुण्डि गरेर ल्याउन उक्साउने र पिडितलाई अझै पिडित बनाउन सक्रिए रहेको र अब गर्न नसक्ने भए पछि विभिन्न हल्ला फिजाएर नकारात्मक सन्देश जन मानसमा फैलाएको पनि श्रोतको दावि छ ।
मलेसियामा रहेका सम्पूर्ण संघ संस्था र श्रमीकहरुले घर फर्कनेहरुको बस्तुस्थिति र उनिहरुले गरेका व्यवहार प्रति स्पष्ट बुझेको दूतावास श्रोतले जनाएको छ ।
प्रतिक्रिया