देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पश्चिम नेपालमा हावाबाट बिजुली निकालिदै

देशान्तर

काठमाडौं,
पश्चिम नेपालका केही जिल्लामा हावाबाट विद्युत उत्पादन गर्ने काम सुरू गरिएको छ । साविकको मध्यपश्चिमाञ्चको बाँके, सुर्खेत र जुम्लाका साथै सुदूरपश्चिमको अछाममा हावाबाट विद्युत उत्पादन गर्ने परियोजना सुरू भएको हो ।

बाँकेको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन सुरू भएको छ । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालिम केन्द्र परिसरमा ८० मिटर अग्लो टावर, पाँचवटा पंखालगायतका उपकरण जडान गरेको छ ।

मध्य र सुदूरपश्चिमाञ्चलमा हावाबाट बिजुली निकाल्न सकिने प्रशस्त सम्भावना देखिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले एसियाली विकास बैंक एडिबी को सहयोगमा मध्य र सुदूरका विभिन्न चार स्थानमा वायु ऊर्जा निकाल्ने प्रक्रियामा रहेको छ । अछाम, सुर्खेत र जुम्लामा गरी तीनवटा वायु सौर्य हाईब्रिड ग्रिडबाट ६५ किलोवाट विद्युत्का लागि आयोजना सुरु भइसकेका छन् ।