देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तराईका बाढी प्रभावित क्षेत्रमा विशेष राहत प्याकेज ल्याउने सरकारको निर्णय

देशान्तर

काठमाडौं । सरकारले तराईका बाढी प्रभावित क्षेत्रमा विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले विशेष राहत प्याकेज बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मुखमै सरकारले नयाँ योजना बनाउन लागेको हो । अर्थ मन्त्रालयले एक दुई दिनभित्र राहत प्याकेज घोषणा गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

मन्त्रिपरिषद बैठकले मलेसियाका राजदूत निरन्जनमान बस्नेतलाई अर्को व्यवस्था नभएसम्म यथावत राख्ने निर्णय पनि गरेको छ । यस्तै विनोद केसीलाई रक्षा सचिवमा सरुवा गर्ने निर्णय पनि भएको परियारले जानकारी दिए । केसी सार्वजनिक खरिद अनुगमन कार्यालयमा थिए ।