देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगियो

देशान्तर

काठमाण्डौ ।

परीक्षण उडानकोक्रममा रहेको नेपाल एयरलाइन्सको ९ एन एकेएस कलसाइन भएको विमान दुर्घटनाबाट हुनबाट जोगिएको छ ।

सोमबार भैरहवा विमानस्थलमा अवतरणकोक्रममा टायर पञ्चर भएपछि विमान धावनमार्गमै रोकिएको थियो । विमानमा पाइलट र को–पाइलटमात्र सवार रहेको एयरलाइन्सले जनाएको छ । उनीहरु दुवैजना सकुशल छन् । विमानलाई धावनमार्गबाट हटाएर अरु उडान नियमित गरिएको छ ।
काठमाडौंबाट भैरहवा गएको विमान फेरि भैरहवा आसपासमा उडाएर अवतरण गर्नेक्रममा विमानको पछाडिको बायाँ टायर पञ्चर भएको हो । यही जहाज यसअघि पनि भैरहवामै ल्यान्ड गर्दा टायर पञ्चर भएर दुर्घटना भएको थियो ।