काठमाडौं । नेपाली सेनाले निर्वाचन सुरक्षाका लागि सबै निर्वाचन क्षेत्रमा सेना परिचालन भएको जनाएको छ । सेनाले उम्मेदवारहरुलाई आफ्नो सुरक्षा अवस्था ख्यालगर्दै सुुरक्षा निकायसँग समन्वय गर्न आग्रह पनि गरेको छ ।
उमेदवारले आफूमाथि पर्न सक्ने खतरा आफैंलाई थाहा हुन सक्ने भएकाले सुरक्षा सचेतता अपनाउन सेनाले आग्रह गरेको हो । सैनिक मुख्यालयले सुरक्षा खतरामा रहेका उम्मेदवारलाई सेनाले व्यक्तिगत रूपमा नै जानकारी दिँदै आफूले दिएको सुरक्षाबारे अवगत गराएने पनि जनाएको छ ।
तराईका केही स्थानमा सुरक्षाको बढी चुनौती रहेको सेनाको ठहर छ । उम्मदेवारको सुरक्षामा सेनाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग समेत समन्वय गरेको छ । हरेक निर्वाचनको मुखमा निर्वाचनविरोधी केही गतिविधि हुने भएकाले उम्मेदवार आफैं पनि सचेत रहनुपर्ने बताएको छ ।
केन्द्र र पृतनाले तोकेको ठाउँमा सुरक्षा दिनेकाम सुरु भईसकेको सेनाका प्रवक्ता सहायक रथी नयनराज दाहालले जानकारी दिए । उनले सेनाले चुनावका लागि केन्द्रदेखि जिल्ला तहसम्मको तयारी गरिसकेको पनि बताए ।
प्रतिक्रिया