काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले मन्त्रिपरिषद्ले पठाएको चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण नगरेपछि यो बिधेयक राष्ट्रपति कार्यालयमै अलपत्र परेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डाक्टर गोविन्द केसीका माग पूरागर्न सरकारले कात्तिक ६ गते चिकित्सा शिक्षा अध्यादेश पारित गरेर राष्ट्रपति कार्यालय पठाएको थियो । सरकारले अध्यादेश पठाएको १३ दिन बित्दा पनि राष्ट्रपतिले प्रमाणीकरण गरेको छैन ।
संविधानको धारा ११४ ले संसद चलेको अवस्थाबाहेक तत्काल केही गर्न आवश्यक परेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने व्यवस्था गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले प्रमाणीकरण गर्न अझै समय बाँकी रहेको बताउँदै समय आएपछि प्रमाणिकरण हुने बताए ।
संसदले पठाएका विधयेक राष्ट्रपति कार्यालयले १५ दिनभित्र प्रमाणीकरण गर्ने वा पुनर्विचारका लागि पठाउन सक्ने संवैधानिक व्यवस्था भएका कारण अध्यादेश प्रमाणिकरण नभएको उनको भनाई छ । अध्यादेश चुनावसँग सम्बन्धित नभएकाले पनि राष्ट्रपतिले प्रमाणिकरणका लागि कानूनविद्सँग राय लिईरहेको बताएको छ ।
प्रतिक्रिया