देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवाको निर्देशन पछि पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता

देशान्तर

काठमाडौं । निर्वाचनको मुखमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवा तत्काल मुल्य वृद्धि फिर्ता लिनको लागि आयल निगमलाई निर्देशन समेत दिएको छ ।

निगमले नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ । यसैक्रममा बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो । तर, प्रधानमन्त्रीको ठाडो निर्देशनपछि आज देखि पुरानै मुल्य कायम गरिने आयल निगमले जनाएको छ ।

निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । एलपी ग्याँसमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आपूर्ति मन्त्री जयन्त चन्द र मुख्यसचिव लोकदर्शन रेग्मीलाई सम्पर्क गरेर चुनावका बेलामा मूल्यवृद्धि नगर्न र तत्काल निर्णय फिर्ता लिन निर्देशन दिएको स्रोतले जनाएको छ ।