काठमाडौं। न्युयोर्कमा भएको ट्रक आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको डाईभर्सिटी भिसा चिठ्ठा खारेज गर्ने बताए । न्युयोर्कमा भएको ट्रक आक्रमणमा आरोपित सेईफुलो साईपोभ उज्वेकिस्तानबाट सन् २०१०मा डिभी चिट्ठा पारेर अमेरिका प्रवेश गरेका थिए ।
राष्ट्रपति ट्रम्पले डिभि चिट्ठा खारेज गर्न अध्यागमन कानूनबारे अमेरिकी कांग्रेसमा कुरा राख्नेसमेत बताएका छन् । चिठ्ठाबाट आएका व्यक्तिबाट पनि अमेरिकामा असुरक्षा तथा सामाजिक व्यवस्था खलबलाउने किसिमका काम भएपछि ट्रम्पले डिभी चिठ्ठा खारेजको प्रक्रिया अघि बढाएका हुन ।
प्रतिक्रिया