रसुवा । व्यवसाय र राजनीतिलाई सँगै अघि बढाउँदै आएका दुई प्रभावशाली व्यक्तिको एउटै पदमा उमेदवारी परेपछि रसुवाको निर्वाचन रोचक बन्दै गएको छ । लामो समयदेखि निर्माण व्यवसायमा संलग्न रहँदै आएका चर्चित निर्माण व्यावसायीहरु मोहन आचार्य र जनार्दन ढकालले रसुवाको प्रतिनिधीसभामा प्रतिस्पर्धा गर्ने भएपछि यहाँको राजनीतिक बृत्तमा छुट्टै त तरङ्ग सिर्जना भएको छ । यसअघिका व्यवस्थापिका संसद सदस्य ढकाल वाम गठवन्धनको तर्फवाट र ईन्जिनियर आचार्य लोकतान्त्रिक गठवन्धनको तर्फवाट उमेदवार बनेका छन् ।
ढकाललाई माओवादी केन्द्रको र आचार्यलाई नयाँशक्ति पार्टी, राप्रपा र राप्रपा प्रजातान्त्रिकको स्पष्ट समर्थन छ । गत स्थानीय निर्वाचनमा देशभरमै रसुवामा राम्रो जनमत वनाएको नयाँ शक्ति पार्टी र राम्रो मत लिएर वसेको राप्रपाहरुको समर्थनले वाम गठवन्धनलाई सकसमा पारिसकेको छ ।
रसुवामा काँग्रेस र नयाँ शक्ति सहितको लोकतान्त्रिक गठबन्धनका उमेदवारहरु निर्वाचन अभियानमा केन्द्रीत भएका छन् । विशेष गरि रसुवावासीले आसाको नजरले हेरेका ईन्जिनियर मोहन आचार्य र रसुवाका लोकप्रिय युवा प्रेम तमाङको संयुक्त चुनावी अभियानले रसुवाको निर्वाचन माहौल गर्माएको छ । रसुवामा प्रतिनिधि सभामा नेपाली काँग्रेसबाट इन्जिनियर मोहन आचार्य र प्रदेश नम्वर १ बाट प्रभात तामाङ छन् भने प्रदेश २ मा नयाँ शक्तिबाट प्रेम तामाङ छन् ।
काँग्रेस र नयाँ शक्तिको यो गठवन्धनको पक्षमा अंकगणितिय माहौल मात्र नभइ रसुवालीवीच यो गठवन्धनको जितको चर्चा समेत सुरु भईसकेको छ । २०४६ पछि हरेक निर्वाचनमा नयाँ नेतृत्व स्थापित गर्दे आएका रसुवालीले यसपटक लोकतान्त्रिक गठवन्धनको पक्षमा आफूलाई समाहित गर्न थालिसकेका छन् ।
गत स्थानीय निर्वाचनको मतलाई आधार मान्ने हो भने पनि रसुवामा लोकतान्त्रि गठवन्धन नै वलियो देखिन्छ । उक्त निर्वाचनमा नेपाली काँग्रेसले सातहजार एकसय ३० र नयाँ शक्ति पार्टीले चारहजार ८५ मत ल्याएको थियो । यसैगरी उक्त निर्वाचनमा एमालेले छहजार नौसय ३१ र एमाओबादीले दुईहजार पाँचसय १२ मत ल्याएको थियो ।
गत स्थानीय निर्वाचनमा फरक –फरक निर्वाचनमा गएका काँग्रेस र नयाँ शक्ति मिलेर निर्वाचनमा गएपछि रसुवामा वाम गठवन्धन कमजोर देखिएको छ । यसमा पनि सधै लोकतान्त्रिक शक्तिकै पक्षमा देखिएका रसुवालीहरु काँग्रेस र नयाँ शक्तिको तालमेलवाट उत्साहित छन भने काँग्रेसको सम्पूर्ण पार्टी पंक्ति लोकतानित्रक गठवन्धनको जितमा केन्द्रीत रहेकाले रसुवाको निर्वाचन आफ्नो पक्षमा आउने काँग्रेसका नेताहरुको दावी छ ।
प्रतिक्रिया