देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टिकट बाँड्दा एमाले नेतृत्वको ‘प्रेसर’ बढ्यो

देशान्तर

काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ । दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि संशोधन गर्ने अन्तिम म्याद आइतबार सम्म मात्र थियो ।

समानुपातिकको नाम सच्याउने र प्रत्यक्षतर्फको नाम टुंगो लगाउन बसेको बैठकको बीचमै आइतबार राति स्वास्थ्यकर्मी बोलाइए । सबैजसो नेताहरूको पालैपालो प्रेसर जाँच भयो । नेताहरू फेरि बैठकमा सरिक भए ।

तर, समानुपातिकको नाम टुंगो नलागेकाले एमाले प्रतिनिधि राति १२ बजेपछि पनि निर्वाचन आयोगमै थिए । आयोगमा एमाले मात्र होइन, सबैजसो दलका नेताहरू नाम थप्ने र घटाउनेमा व्यस्त थिए ।  (नयाँ पत्रिका )