देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवन क्षेत्र नं ३ मा माओबादी अध्यक्ष दाहालकै भविष्य संकटमा

देशान्तर

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमले चितवन क्षेत्र नं ३ मा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भविष्य संकटमा पर्ने एमालेकै नेता तथा कार्यकर्ताहरूले बताउन थालेका छन् ।

 

दाहाल पुत्री रेणु दाहालस“ग चितवन महानगरपालिकमा पराजित भएका देवी ज्ञवाली ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाका लागि चुनाव लड्ने भएपछि अध्यक्ष दाहालको शरणमा गएपछि चितवन एमालेमा चर्को विरोध सुरु भएको छ ।

 

चितवन क्षेत्र नम्बर ३ दाहाललाई सघाउनु परे एमाले नै परित्याग गर्ने बताउ“दै आएका ज्ञवाली तिनै दाहाललाई सघाउन तयार भएपछि चितवन एमालेअध्यक्ष कृष्णभक्त पोखरेल, जिल्ला सचिवलगायतका एमाले नेता तथा कार्यकर्ताहरू ज्ञवालीको निर्णयप्रति आक्रोशित बनेका छन् ।
ज्ञवालीले चुनावमा विजय गराउने भन्दै चितवन एमालेस“ग सल्लाह नै नगरी काठमाडौं आएर दाहालको शरण परेपछि प्रतिनिधिसभा सदस्यका लागि टिकटका दाबेदार जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले टिकट नपाउने भएका छन् । ज्ञवालीका कारण आफुले टिकट नपाउने भएपछि पोखरेल दाहाललाई जसरी पनि हराउने र ज्ञवालीको राजनीतिक भविष्य नै समाप्त पार्ने अभियानमा लागेका छन् ।

 

पोखरेल चितवनमा ज्ञवालीभन्दा सक्रिय कार्यकर्ता हुनुका साथै लोकप्रिय नेतासमेत भएको एमाले कार्यकर्ताहरू बताउ“छन् । ज्ञवाली गतहप्ता जिल्ला अध्यक्ष पोखरेललाई समेत थाहै नदिई काठमाडौं आएका थिए । काठमाडौंमा आएर ज्ञवालीले एमाले अध्यक्ष ओलीलाई चितवनमा एमालेको अवस्था अवगत गराउ“दै दाहाललाई क्षेत्र नं ३ मा सहयोग गर्नुको साटो प्रतिवाद गर्नुपर्नेमा उल्टै दाहालको शरणमा गएको आरोप एमाले कार्यकर्ताहरूको छ ।
चितवनको भरतपुर महानगरपालिकाका २९ मध्ये २० वटा क्षेत्र नं ३ मा वडा पर्छन् । त्यसमध्ये वा नम्बर ४ र वडा नम्बर ७ का वडाअध्यक्षले मेयरमा विजय भएकी रेणु दाहालस“ग शपथ नखाने भन्दै बहिष्कार गरेका थिए । वडाअध्यक्षहरूले शपथ लिन नमानेपछि जिल्ला अध्यक्ष पोखरेलले उनीहरूलाई छुट्टै शपथ खुवाउने तयारीसमेत गरेका थिए ।
गएको संविधानसभा निर्वाचनमा तेस्रो स्थानसमेत लिन नसकेको माओवादीले महानगरको मेयर जितेको भन्दै एमाले कार्यकर्ता रुष्ट रह“दै आएको अवस्थामा प्रतिनिधिसभामा समेत अरूलाई सघाउनुपर्ने भएपछि चितवन एमाले भविष्य सकिएको उनीहरूको तर्क छ ।
अहिले वाम गठबन्धनबाट चुनाव लड्न लागेका दाहालको क्षेत्रमा उनी परिवारवादी र अवसरवादी भएका चर्चा पनि हुन थालेको छ । दाहालले परिवारका लागि कहिले नेपाली कांग्रेस र कहिले एमालेलाई प्रयोग गर्दै आएको स्थानीयवासीको भनाइ छ । हुन पनि दाहालले परिवारवादका सदस्यका लागि जुनसुकै व्यवहार पनि देखाउ“दै आएका छन् ।

 

उनले कांग्रेसलाई प्रयोग गरेर छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको प्रमुखमा विजयी गराए भने पुत्र प्रकाशकी पत्नी बिना मगरको पाटी भित्रै विरोध ह“ुदा पनि कञ्चनपुरबाट टिकट दिलाउने प्रयास गरिरहेका छन् । दाहालले विराटनगरमा ज्वाईंलाई प्रदेशसभाको उम्मेदवार बनाउन तयारी गरेपछि पार्टीभित्र उनको चर्को आलोचना भइरहेको छ ।