काठमाडौं । राजनीतिक दलहरुले आज समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारहरुको अन्तिम नामावली निर्वाचन आयोगमा पेश गर्ने भएका छन् । गत असोज २९ गते प्रारम्भिकरुपम समानुपातिकतर्फको नामावली आयोगमा पेश गरेका राजनीतिक दलले आइतवार अन्तिम नामावली पेश गर्ने भएका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले बनाएको कार्यतालिका अनुसार आइतवार दलहरुले समानुपातिकतर्फको अन्तिम नामावली आयोगमा पेश गर्नेछन् । निर्वाचन पश्चात् दलहरुले पाउने समानुपातिकतर्फको सिटमा आइतवार पेश गरिएकामध्येबाटै छनोट हुनेछन् ।
दलहरुले पेश गर्ने अन्तिम नामावलीलाई आधार बनाएर समानुपातिकतर्फ विजयी हुने उम्मेदवारहरुको नाम आयोगले घोषणा गर्नेछ । निर्वाचन आयोगले अन्तिम नामावलीको सूची बुझाउन दलहरुलाई आज बेलुका ५ बजे सम्मको समय दिएको छ ।
प्रतिक्रिया