काठमाडौं । केही दिनयता राजधानीसहित देशका विभिन्न स्थानमा न्यूनतम तापक्रम एक्कासि गिरावट आएसँगै चिसो बढेको छ । गत सातासम्म काठमाडौंमा न्यूनतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियस रेकर्ड भएकामा यो साताको बुधबार ९८ कात्तिक० देखि तापक्रममा एक्कासि गिरावट आउन थालेको हो ।
काठमाडौंको न्यूनतम तापक्रम बुधबार एक्कासि ९।८ डिग्रीमा झरेको थियो । शुक्रबार र शनिबार पनि तापक्रम अघिल्लो साताभन्दा ३ देखि ४ डिग्रीले कम छ । अधिकतम तापक्रममा पनि ४ देखि ५ डिग्री सेल्सियसले गिरावट आएको छ ।
मनसुनपछिको पहिलो पश्चिमी न्यूनचापीय क्षेत्रको असरका कारण देशैभर बदली भएपछि तापक्रममा गिरावट आएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बदली र तापक्रममा आएको गिरावटसँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औंल्याए ।
‘हिमाली जिल्लाहरूमा यो वर्षको हिउँदको पहिलो हिमपात एकरदुई दिनमै सुरु हुने देखिन्छ,’ रिमालले शनिबार कान्तिपुरसँग भने, ‘तापक्रम तलमाथि भइरहेको छ, अलि छिटो तापक्रम घटेको देखिन्छ, यसको असर हिमाली क्षेत्रमा बढी पर्छ ।’ न्यूनतम तापक्रममा उल्लेख्य गिरावट आउँदा बढी चिसो अनुभव हुन्छ ।
हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढेकाले चुनाव प्रभावित हुन सक्ने मौसमविद् औंल्याउँछन् । आइतबारदेखि नै हिमपात हुन सक्ने भएकाले चिसो बढेर हिमाली क्षेत्रका बासिन्दा चुनावअघि नै तल्लो क्षेत्रमा सर्ने त्रास छ । उनीहरूलाई पहिलो चरणको निर्वाचन मंसिर १० सम्म उच्च हिमाली भागमै रहन सकस हुने अनुमान गरिएको छ । मंसिर पहिलो सातासम्म उच्च हिमाली भागमा पनि हिमपात नहुने आकलन गर्दै सरकारले हिमाली जिल्लाहरूमा १० मंसिर गते संघ र प्रदेशसभा निर्वाचनको मिति तय गरेको छ । विगत वर्षका मौसमी अवस्था विश्लेषण गर्दै सरकारले चुनावको मिति तय गरेको थियो ।
शुक्रबारदेखि नै न्यूनचापीय क्षेत्र नेपालको आकाशमाथि भएकाले एकाएक बदली भएको रिमालको विश्लेषण छ । ‘बदलीकै कारण तापक्रममा गिरावट आएको छ,’ उनले भने, ‘आइतबारपछि छिटफुट वर्षासमेत हुने देखिन्छ ।’ यो वर्ष असोज ३० मा मनसुन नेपालबाट बाहिरिएको थियो ।
विगतमा मनसुन बाहिरिएको केही समयपछि मात्र न्यूनचापीय क्षेत्रको विकास हुने गरे पनि यस पटक छिटो त्यस्तो बदलाब देखिएको मौसमविद्हरूको भनाइ छ । न्यूनचापीय क्षेत्र पश्चिमबाट पूर्वतिर सर्दै गएको छ । त्यसैले मंगलबारदेखि मौसममा सुधार आउने रिमालले उल्लेख गरे । आइतबार र सोमबार भने मुलुकका धेरै भागमा छिटफुट वर्षा हुने महाशाखाको अनुमान छ ।
काठमाडौंसहित पूर्वी क्षेत्रको ताप्लेजुङ र ओखलढुंगा ९१३।४ मिमि० मा शनिबार वर्षा भएको छ । मुलुकको पूर्वी भागमा मंगलबारसम्मै मौसमी असर देखा पर्न सक्ने मौसमविदको अनुमान छ । (कान्तिपुर दैनिक)
प्रतिक्रिया