मानबहादुर नेपाली
निर्वाचन लोकतन्त्रको प्राण हो । आवधिक रूपमा जनताले आफ्ना प्रतिनिधिहरू कति कर्तव्यनिष्ठ नैतिक मूल्य मान्यताका साथ आफ्ना साना व्यक्तिगत समस्यादेखि राष्ट्रिय जीवनमा महत्व राख्ने विषयमा उसको भूमिकाको मूल्यांकन गर्ने परीक्षा हो । पञ्चायतको कुनै सिद्धान्त थिएन । व्यक्तिहरू आफ्नो निजी सम्बन्ध साधनको भरमा चुनाव लड्ने गर्दथे । लामो त्याग र बलिदानी पछि नेपाली कांग्रेसले प्रजातन्त्रका माध्यमबाट मानवअधिकार, कानुनी शासन, बहुदलीय व्यवस्था, आर्थिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, आर्थिक समानता, भेदभावको अन्त्यजस्ता मानव जीवनका नैसर्गिक हकका लागि लडेर पटकपटक सशस्त्र संघर्ष हुँदै शान्तिपूर्ण संघर्षका माध्यमबाट लोकतन्त्र प्राप्ति, सामन्ती प्रथाको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने अवस्थामा पु¥याएको छ ।
हाम्रो पार्टीको संरचना मास जनतामा आधारित प्राकृतिकवादको सिद्धान्तमा आधारित भएकोले समयको गति अनुरूप हाम्रा आदर्श सिद्धान्तहरू पनि मानवीय इच्छा, आकांक्षा र स्वतन्त्रता समेतलाई ख्यालमा राख्दै बदलिँदै आएका छन् । हामी पुग्ने बाटो आर्थिक समृद्धि, सबैखाले भेदभावको अन्त्य, स्वाभिमानी राष्ट्रिय अखण्डता, आर्थिक उत्पादनका लागि आत्मनिर्भर कृषि अर्थतन्त्र, औद्योगिक विकास, असंलग्न खालको परराष्ट्र नीतिका माध्यमबाट विशाल विकसित ठूला मुलुक लोकतान्त्रिक समाज निर्माण गर्ने हो । रामचन्द्र पौडेलेद्वारा लिखित कृषि क्रान्ति र समाजवाद नामक दर्शनमा नेपालको प्रमुख सम्भावना कृषिलाई लिइएको छ । उहाँले भन्नुभएको छ गाउँका डाँडापाखाबाट समथर ठाउँमा बसाइ सर्ने मन भएका किसानहरूलाई आफ्नै गाउँमा आधुनिक कृषि प्रविधिका माध्यमबाट आफ्नै गाउँमा बसौं बसौं भन्ने लाग्ने बनाउनका लागि म राजनीतिमा लागेको हो भन्नु भएको छ । कृषि क्रान्तिका लागि कम्युनिस्टहरूले भनेको जस्तै कसैको निजी सम्पत्तिलाई राज्यले हडपेर कम्युनमा सबैले सरकारी नोकरी जस्तै तरिकाबाट कृषिमा प्रगति हुने अवस्था छैन । यो सिद्धान्त असफल भइसकेको छ । त्यसैले कृषि क्रान्तिका लागि जग्गा जमिन बाँझो राखेर होइन राज्यले नै कृषि पेसा गर्नेहरूलाई जग्गा राज्यले बढी जग्गावालासँग सम्झौतामा कृषि पेसालाई व्यवस्थित प्रतिस्पर्धा गरेर आकर्षण गर्ने सिद्धान्त नै सफल भएको छ । बीपीले आत्मवृत्तान्तमा लेख्नुभएको छ आफू चीनको भ्रमणमा गएको बेला रेलको यात्रा गर्दा बाटोमा देखिने ठूला ठूला होर्डिङ बोर्डमा कम्युनहरू स्वार्थी नबन एक डोका मल कम्युनको जग्गामा पनि हाल भन्ने लेखिएको थियो । किनकि जहाँ कम्युनमा बस्ने ठाउँमा निजी दिएको करेसाबारीमा असाध्य राम्रो बाली तरकारी थिए । कम्युनमा साझा सरकारी जग्गाहरू बाँझो बन्जड थियो । यसकारण निजी सम्पत्तिको उन्मूलनले समानता आउने होइन ठूलाहरूलाई प्रगतिशील कर लगाउने त्यो सम्पत्ति राज्यले गरिब कृषिमा संलग्नहरूमा खर्च गर्न सक्नुपर्छ ।
कम्युनिस्टहरू कहिल्यै लोकतन्त्रवादी हुँदैनन् संसारभरि धोखा खाएर लाचारीताका साथ सोझै नाक नसमाएर घुमाएर नाक समाएर आफ्नो नाक जोगाई राखेका छन् । कसैले बहुदलीय जनवाद, कसैले एक्काईसौ शताब्दीको जनवाद, कसैले युद्ध गर्ने बेला भएको छैन पर्खेर बसेका छौं जस्ता पाखण्डी कुरा गरे पनि कम्युनिस्ट व्यवस्था संसारबाट पूर्ण रूपमा असफल साबित भएको छ । लोकतन्त्र एक शिक्षित, सभ्य, चेतनशील समाजमा नागरिक आफैंले संरक्षण जगेर्ना गर्ने व्यवस्था हो । राणा राजाहरूको जहानियाँ सामन्ती व्यवस्थाले गर्दा हामीले बीपीको २०१५ सालको सपनालाई पनि आज पूरा गर्न सकेका छैनौं । उहाँको दूरदृष्टि आधुनिक सोचबाट यही जनता शिक्षित चेतनशील र सम्पन्न भए भने आफ्नो लुटको स्वर्ग बेच्न सकिँदैन भनेर बारम्बार लोकतन्त्रको घाँटी निमोठ्ने काम भइराख्यो । आज फेरि दुनियाँबाट कम्युनिस्ट पतन भइराखेको छ तर किन नेपालमा कम्युनिस्ट बढे यसका पछि जतिसुकै विज्ञले बताए पनि गरिबी असमानता भेदभाव अशिक्षाको जगमा टेकेर रामराज्यको कहानी सुनाउँदै घरैपिच्छे पार्टी सदस्य बनाउँदै बाहिरी दुनियाँको प्रगति विकासको कुरालाई जनताको आँखामा पट्टी बाँधेर जन्मेको न्वारन हुनाको दिनदेखि यही पाठ पढाएर उनीहरू बढ्दै गएका छन् । दोस्रो पेरुमा आज उत्तर कोरियाजस्तै जस्तोसुकै कठिनाइमा पनि आफ्नो आफ्नो मान्यतामा सम्झौता नगर्ने खालका भन्दा नेपालका कम्युनिस्ट पञ्चायतभरि कांग्रेसविरुद्ध प्रयोग भए विदेशी आउँदा माक्र्स लेनिनका फोटो हटाउने काम भए माओवादी युद्धका बेलामा जतिबेला सुरुङ युद्धको कुरा गर्ने भनेर यता कार्यकर्ताको ध्यान अन्यत्र मोडेर भारतीय शासकसँग सम्झौता गरिरहेका थिए ।
दरबार हत्याकाण्डप्रति बाबुरामको लेखबाट पनि र होलेरी काण्डमा सेनाको असहयोगमा पनि के पुष्टि हुन्छ भने राजाको पालन पोषण भारतको संरक्षणमा बाँचिराखेका थिए । हिजो महाकाली सन्धि गिरिजाबाबुले नदी बेचेको मदन भण्डारीको हत्या कांग्रेसले गराएको नाममा त्यति ठूलो जनधनको खति भयो तर आखिर यी सबै कुरा आज कता हराए ? आज केपी ओलीको अतिराष्ट्रवादको नाराले एकातिर छिमेकीसँगको सम्बन्ध बिगारेको छ अर्कोतिर मधेस पहाडका जनताको नाममा दूरी बढाउने काम भएको छ । आज वाम गठबन्धनको तानाबाना बुन्ने, देशलाई अधिनायकवादको पञ्जामा लान खोज्ने शक्तिकेन्द्र को होलान् ? जनताले इतिहासका केही समय त्यसको पोल आउट भएको पाउनेछन् । सबैको भावना आकांक्षाहरूको साझा दस्तावेजलाई कार्यान्वयमा जान नपाउँदै दुई तिहाइ बहुमत ल्याएर जनवाद, साम्यवाद ल्याउने परिकल्पना र रुक्मांगत कटवाललाई हटाएर सेनामा विभाजन ल्याएर राज्यसत्ता कब्जा गर्ने प्रचण्डको हावादारी सपना जस्तै हो । यो अवश्य एउटा भड्खालोमा जानेवाला छ । सकेसम्म वाम र लोकतान्त्रिक धु्रवीकरण कांग्रेसको चाहना होइन हाम्रो विश्वास त सबै वामपन्थी शक्तिहरू लोकतन्त्रीकरणको बाटोमा आउँदै छन् भन्ने हो । इतिहासको आवश्यकता पनि वाम पार्टीहरू लोकतन्त्रीकरण भएर बहुदलीय व्यवस्थामा घोषणापत्र र मुद्दाका आधारमा आवधिक चुनावका माध्यमबाट शासन सञ्चालन गर्ने विषय हो । अब लोकतन्त्रमा संकट ल्याउने प्रयास भित्री षड्यन्त्र र आसय बुझेपछि कांग्रेसले लोकतान्त्रिक शक्तिसँग मोर्चाबन्दी गर्न, जनतालाई खबरदारी गर्न आवश्यक देखिन्छ । अब कांग्रेसीहरूले बुझ्ने लोकतन्त्रवादी सबैले बुझ्ने कुरा यो संविधान कार्यान्वयनका लागि आवधिक चुनाव हुँदै छैन । वैधानिक माध्यमबाट सत्ताकब्जा गर्ने नीतिको अभिप्राय लुकेर यो वाम गठबन्धनको प्रपञ्च गरिएको हो । यसका लागि लोकतन्त्रवादीहरूको चुनावी रणनीति कस्तो बनाउन आवश्यक होला यसैमा केन्द्र्रित रहेर निम्न व्यवस्थामा ध्यान दिन आवश्यक छ:
क) जनतामा आधारित र कार्यकर्तामा आधारित पार्टीको बीचको अन्तरलाई बुझ्ने– कम्युनिस्ट संगठन कार्यकर्तामा आधारित भएको हुनाले जालझेल, षड्यन्त्र, गुन्डागर्दी, अनावश्यक प्रलोभन, लोभलाभ, डरत्रास, भय सिर्जना गर्ने, भोटका लागि एकछिन जेसुकै नाटक गर्ने, विभिन्न हतकण्डा गर्ने विषयमा वंशानुगत गुण बोकेका हुन्छन् । नेपाली कांग्रेस मासबेस पार्टी भएकोले यसको आदर्श चिन्तन र इतिहास इमान, नैतिकता र विश्वास, सद्भावना, भाइचारा सोचका आधारमा जे बोल्ने त्यो गर्ने, जालझेल, फरेब हतकण्डा नगर्ने, सोझो सिधा रूपमा आफ्ना मुद्दा बोक्ने, जनतालाई सुनाउने, सधंै विश्वास आर्जन गर्दै आएको पार्टी हो । हाम्रो नेतृत्वको शिक्षा, दीक्षा, प्रशिक्षण, संस्कारसमेत करिब ७० वर्षदेखि यही गतिमा अगाडि बढेको हुनाले कार्यकर्ताको मानसिकता पनि त्यही खालको रहन्छ । लोकतन्त्रलाई सर्वव्यापी, सर्वमान्य बनाउन नागरिक हकलाई सुरक्षित गर्नका लागि यो मान्यता असल छ । तर माओवाद िहिंसाले राष्ट्रको जनधनको क्षति त ग¥यो नै यसले मानवीय मूल्य मान्यता, संस्कारसमेतलाई नष्ट गर्दै हिंसाको सहारामा जे पनि गर्ने एक लुटेरा हत्यारा आतंकवादी प्रवृत्तिलाई समाजमा संस्थागत गरेको छ । हिजो माओवादी गतिविधिमा संलग्नहरू शान्तिप्रक्रिया पछि अपहरण, फिरौती, गैरकानुनी धन्दा, गाँजा, चरेस अफिम खेती, जग्गा दलाली, ठेक्कापट्टामा जबरजस्ती पैसा आउने ठाउमा धम्की यातनासम्मका गतिविधिमा संलग्न रहेका छन् । यसरी यस्तो खालको मनोविज्ञान भएकाहरूलाई माओवादीले चुनावमा प्रयोग गरिरहेको छ । वाम गठबन्धन पछि त्यो जत्थालाई प्रयोग गर्ने पहाडका दूरदराज बस्तीहरूमा अशान्ति हिंसाद्वारा निर्वाचन जित्ने मनस्थितिमा एमाले पनि सहभागी भएको छ । पहिलो कुरा दुई चरणमा निर्वाचन हुने भएकाले सुरक्षा व्यवस्था, मतदातालाई भयरहित वातावरणमा मत हाल्न पाउने परिस्थिति निर्माण गर्नमा राज्य गम्भीर र सचेततापूर्वक योजना बनाएर अगाडि बढ्नु पर्दछ । दोस्रो विषय यो निर्वाचन लोकतन्त्रको भविष्यका लागि जीवनमरणको प्रश्न बनाएर नेपाली कांग्रेसले केन्द्रीय नेताहरूलाई जिल्ला तहमा खटाएर पार्टीको व्यवस्थित योजनाका साथ परिचालित हुन सक्नुपर्छ । हालसम्मको परम्परा नेता जाने हाइफाई गर्ने, शक्ति प्रदर्शन गर्ने, मास धेरै कांग्रेसको हुने परिणाम बिग्रिने खतरा रहेका छन् । त्यसैले प्रत्येक वडा, टोल, बस्तीमा आफ्ना मतदाताको सुरक्षा आफैंले गर्न सक्ने सामथ्र्य यसपटक कांग्रेसले राख्ने योजना बनाउन आवश्यक छ । राष्ट्रिय मुद्दाहरूमा सचेत नागरिकले मात्र अभिमत प्रकट गर्छन् तर सर्वसाधारण व्यक्तिको तत्कालीन लाभ र फाइदामा ध्यान जाने रहेछ । त्यसैले सचेत ठाउँभन्दा गरिब बस्तीहरूमा कम्युनिस्टहरूले सस्तो नाराको भरमा विभिन्न प्रलोभनमा भोट आकर्षण गर्न सकिन्छ भन्ने विश्वासमा छन् । यस पटकको कांग्रेसको प्राथमिकता गरिब, दलित, जनजाति, महिला, मधेसी समुदायमा ध्यान केन्द्रित गर्न आवश्यक देखिन्छ । कांग्रेसको जनमत कहिले पनि तलमाथि हुने खालो छैन । प्राविधिक रूपमा तलमाथि परेको छ । अर्को यस पटक एमालेसँग जनताको प्रश्न छ के यदु गौतम, डेकेन्द्र थापालगायतका हजारौं सहिद, घाइते, सम्पत्ति लुटिएका विस्थापित माओवादी तथाकथित जनसत्ताबाट कारबाहीमा परेका श्रम शिविरमा बसेका विभिन्न यातना झेल्नेहरूले वामदेवको लहलहैमा कल्पना गरिएको वाम गठबन्धनको काँचको घर भत्काउनमा एमालेमा भोट हालिराखेकाहरू नै कम्मर कसेर विद्रोह गर्ने मनोविज्ञानमा छन् । रुकुम, रोल्पामा एमालेको आत्मसमर्पणले सिन्दूर पुछिएका टुहुरा, घाइते अपांग, यातना पाएकाहरूको घाउमा नुनचुक लगाउने काम भएको छ । के ती युद्धपीडितका हातले रगताम्य खसी काटिएझैँ काटिएका आफन्तको आत्मालाई नसम्झेलान् ? के अनुहार लिएर हिजो बिहानसम्म माओवादीको सत्तोसराप गर्न नथाक्नेहरू लाचार मुख लिएर कसरी हँसिया हथौडामा भोट माग्न जालान् ? एउटा कांग्रेस पछिको बलियो लोकतान्त्रिक शक्तिको रूपमा उदय भई अन्तर्राष्ट्रिय रूपमा विश्वास आर्जन गरेको एमाले प्रचण्डको महाजालमा फसेर हालसम्मको उपलब्धि र आर्जनलाई खरानीमा परिणत गरेको छ । चुनावी गठबन्धनमात्र होइन पार्टी एकतासम्मको प्रपञ्चले अझ एमालेको सैद्धान्तिक निष्ठामाथि प्रश्न उठेको छ । माओवादीको कुकर्मले जनताबाट नांगिँदै रुकुम रोल्पामा पैसाको बलमा टिकेको र आफैंभित्रका साथीहरू उसको संगठनभित्र मौलाएको नयाँ सामन्ती सोच आफ्ना मूल्य मान्यताबाट च्युत भएकै कारण आफ्नो भविष्य नदेखेर चार चिरामा विभक्त भई प्रचण्डको लगौंटी खुस्किन लागेको बेला सडेगडेको लास जस्तो भएको माओवादीलाई बोकेर बैतरनी पार गर्ने एमालेको सपना मृगमरिची हुने समयले पुष्टि गर्ने छ । नेपाली कांग्रेस आत्तिहाल्नुपर्ने अवस्था छैन । लोकतन्त्रवादीहरूको बीचमा व्यापक मोर्चाबन्दी गरी अधिनायकवादलाई रोक्न सक्नु पर्दछ ।
ख) आर्थिक व्यवस्था : हामी लामो समयदेखि मासवेस पार्टी भएकोले जनताबाट अनावश्यक चन्दा लेवीलगायतको नाममा पैसा संकलन गर्दैनौं । पार्टीको स्रोत भनेको साधारण सदस्यको १० रुपैयाँ, क्रियाशील सदस्यले महाधिवेशन हुने बखतमा दुई सय मात्र तिर्ने गर्छन् । कम्युनिस्टहरू एकातिर जनताबाट लेवी चन्दा आतंक गर्छन् अहिले आएर उनीहरू ठूलाठूला योजना आयोजनाहरूमा नियुक्तिमा संस्थागत रूपमै भ्रष्टाचार गर्ने, पार्टीमा पैसा संकलन गर्ने पद्धति छ । अगाडि भनेजस्तै चप्पल लगाएर जंगल गएको माओवादी रुकुम रोल्पामा मात्रै पाँच सयदेखि एक हजारसम्मका कार्यकर्ता करोडपति अर्बपति छन् तलको कुरा नगरौं । पेसागत संगठन, कर्मचारी शिक्षा उपल्लो तहदेखि तलसम्म लेवी छ । आर्जन हुने ठाउँमा तोकिएको रकम बुझाउने व्यवस्था छ । त्यसैले आर्थिक रूपमा कम्युनिस्टहरू बलिया छन् । हामीले लुकाउनु पर्दैन कांग्रेस पैसा भएका उम्मेदवार खोजेर उसैको भरमा चुनाव लडिरहेको छ । यसले एकातिर व्यक्तिवादी प्रवृत्ति मौलाउँदै गयो दलीय व्यवस्थामा दलीय अनुशासन उल्लंघन गर्ने व्यक्ति बलियो बन्ने, पार्टी कमजोर बन्दै गएको छ । बीपीले प्रजातन्त्र आएपछि सुकिला मुकिला हुनेखानेहरूको मात्र पार्टीमा हालीमुहाली हुनेछ । असल कार्यकर्ताले त्यसको विरुद्धमा संघर्ष गर्नुपर्नेछ । यो कांग्रेसदेखि एमाले माओवादीसम्ममा लागू हुने भविष्यवाणी गर्नुभएको छ । निर्वाचन आयोगले तोकेको खर्चको मापदण्डको १० गुणा खर्च भइरहेको छ । रूपान्तरित संसद् भएको बेला केही बुद्धिजीवीहरूले पार्टीले प्राप्त गरेको भोटको आधारमा राज्यले खर्च उपलब्ध गराउने त्योबाहेक कुनै पनि आर्थिक गतिविधि पार्टीहरूले गरे कडा कारबाही गर्ने कानुन पास गर्नुपर्छ भन्ने बहसमा ल्याएका थिए । तर भएन । अब त्यो खालको कानुनको आवश्यकता महसुस भएको छ । भारत स्वतन्त्रता पछि आज हाम्रो जस्तै सामन्त जमिनदार र धनाढ्य वर्गको हालिमुहाली भयो । बिहार पश्चिम बंगालजस्ता ठाउँले संसारमा भारतलाई बदनामित बनाए । आज मोदी आदित्यनाथ केजरीवाल नीतिशकुमारजस्ता जोगी सर्वसाधारण इमानदारका पक्षमा भोट हाल्ने जित्ने वातावरण लामो समय पछि आयो । हाम्रो देशको आजको चुनावी शैलीले भ्रष्टाचार हुने देशको पछिल्लो सूचीमा पार्ने खतरा एकातर्फ छ अर्कोतर्फ त्याग निष्ठा बलिदानी इमानदारितापूर्वक निरन्तर पार्टी बचाउने र गरिब दलित मधेसी जनजाति महिलाहरू कहिले पनि चुनाव नजित्ने वातावरण बन्दै गइरहेको छ । यसपटक हामी नेपाली कांग्रेसका शुभचिन्तकहरूमा अधिनायकवाद आउने लोकतन्त्रको भविष्यमा कालो बादल मडारिराखेको अवस्थामा भावी सन्ततीको भविष्यलाई ख्याल गरी मतदाताहरू नै सचेत हुनुप¥यो । साथसाथै परम्परागत उम्मेदवारको भर पर्ने पद्धतिलाई समाप्त गरी कांग्रेसले लोकतन्त्रवादी कर्मचारी शिक्षक बुद्धिजीवी राष्ट्रिय पुँजीपति र आम नागरिकलाई व्यवस्थापनका लागि अपिल गर्ने योजना बनाउनु पर्दछ ।
ग) प्रचार–प्रसार व्यवस्थापन : नेपाली कांग्रेसको घोषणापत्र सर्वसाधारणले बुझ्ने, नेपाली जनजीवन सुहाउँदो भाषा शब्द शैलीमा आउन आवश्यक छ । महेश आचार्यको नेतृत्वमा लेखन कार्य भइराखेको छ । विश्वास छ त्यसले कार्यकर्ताको र देशको भावनालाई सम्बोधन गर्नेछ । विशाल स्तरका कार्यक्रम खाली सन्देश दिनका लागि मात्र हुन हरेक टोल वडा बस्ती बस्तीमा सम्भव भए उम्मेदवार नभए कार्यकर्ताहरू परिचालित भई जनतालाई बुझाउन जरुरी छ । ट्रेड युनियन कांग्रेस, शिक्षक, प्राध्यापक, चिकित्सक, युवा, विद्यार्थी, महिलाका तर्फबाट मौलिक खालका प्रचार सामग्री सौजन्य गर्ने व्यवस्था मिलाउनुपर्छ । समयभित्र सामग्री नपुग्ने, वितरण प्रणालीमा पनि अस्तव्यस्तलाई सुधार गर्न सक्नु पर्दछ । यस पटकको स्थानीय तहको चुनावमा लोकतान्त्रिक कलाकारहरूले तयार पारेका गीतहरू सबैभन्दा उत्कृष्ट थिए यसलाई अझ व्यवस्थित गर्न सकिन्छ । प्रमुख नेताहरूको साथमा मुख्य सभामा कलाकार पुग्ने व्यवस्था मिलाउनुपर्छ । प्रविधिको जमाना भएकोले एफएम रेडियो, सञ्चारकर्मीहरू, पत्रपत्रिका, इन्टरनेटसम्मका सबै प्रविधिहरूलाई प्रयोग गर्ने योजना केन्द्रले बनाउनुपर्छ । हाम्रा समर्थक सञ्चार माध्यमहरू बढी आदर्श र साझा बन्ने सोचमा हुन्छन् तर यसपटकको राजनीतिक जटिलतालाई ध्यानमा राखेर अधिकतम रूपमा लोकतन्त्रको पक्षमा जनमत निर्माण गर्न लाग्नु पर्छ ।
घ) पार्टी संरचनाहरूको व्यवस्थित परिचालन : नेपाली कांग्रेसको निर्वाचन परिचालन गर्ने पद्धति र पार्टीका संरचनाहरूलाई क्रियाशील गर्न नसक्ने व्यवस्थापकीय विधि असाध्य अस्तव्यस्त र परम्परागत भएको महसुस हुँदै आएको छ । निर्वाचनको संघारमा भोलि गर्नुपर्ने सुधारमा बहस होला तर अहिले नकारात्मक टिप्पणी समय यतिबेला हुँदैन । पहिलो विषय पार्टी केन्द्रीय कार्यालयलाई केन्द्रीय प्रचार विभागको मातहतमा चौबीसैघण्टा प्रत्येक जिल्लाका निर्वाचन गतिविधिहरूलाई नेतृत्वलाई जानकारी हुने तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउनुपर्छ । केन्द्रका सभापति, पदाधिकारी, वरिष्ठ नेताहरूसँग उहाँहरू नै चुनावमा परिचालन हुनुपर्ने भएकोले त्यो सम्भव नहुन सक्छ । केन्द्रीय सचिवालयको एउटा नीति जिल्ला प्रदेश क्षेत्रसम्मका गतिविधि सञ्चालनका लागि तत्काल परिपत्र गर्नुपर्छ । जिल्लाले नगर÷गाउँपालिकासम्मको संरचना र नगर÷गाउँले वडातहलाई आफ्नो सम्पर्कमा आउने संरचना तयार गर्नुपर्छ । केन्द्रीय कार्यालयले जिल्ला कार्यालयले प्रविधिको प्रयोगमार्फत सूचना प्राप्त गर्ने, त्यसको जवाफ प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्छ । पार्टीको प्रदेशको संरचना नभएकोले प्रदेशको चुनावी संयोजनको लागि प्रदेशमा निर्वाचित एक केन्द्रीय सदस्यको नेतृत्वमा जिल्ला सभापति सदस्य रहेको चुनाव व्यवस्थापन समिति बनाउने, सदस्य सचिव र सचिवालयसमेत पायक पर्ने स्थानमा व्यवस्थापन गर्नु पर्छ । उम्मेदवारी चयनको विधि, मापदण्डहरू तय भए पनि फेरि भद्रगोलमा जाने नेतृत्वको मानसिकताका कारण अवसरबाट वञ्चित साथीहरूलाई फोन गरेर, भेटेर सम्झाउन कोसिस नगर्ने अहंकारी प्रवृत्तिले कतिपय जनाधार भएका लोकप्रिय त्यागी संघर्ष गरेका योग्य साथीहरू पनि यसको मारमा पर्ने अवस्था सधंै दोहोरिरहेका छन् । यसपटकको राजनीतिक जटिलतालाई ध्यानमा राखेर सकेसम्म शीर्ष नेताहरूले नै फोन, भेटघाटमा नेताहरूलाई सम्हाल्ने कोसिस गर्नु पर्दछ । ती साथीहरूको असहयोग, निष्क्रियताले पनि पार्टीलाई धेरै ठूलो नोक्सानी गर्छ । बागी विद्रोही गर्नेहरूलाई पनि सम्झाउने, चुनावपछि हैन, अनुशासन समितिले सम्झाउन नमान्नेहरू माथि तत्काल कारबाहीको प्रक्रियामा जान सक्नुपर्छ । पार्टीका मुख्य नेताहरूका स्वकीय सचिवहरू धेरैजसो त असाध्यै इमानदार कार्यकर्ताको भावना बुझ्ने कतिपय समस्या आफ्नै तर्फबाट हल गर्न सक्ने सामथ्र्यका छन् । कतिपय स्वकीय सचिवहरू नेताहरूको आकर्षण, छवि नै प्रभावित गर्ने, आफ्नो हैसियत समेत बिर्सने, विभिन्न संघर्ष र जिम्मेवारी भएका साथीहरूको मानमर्दन गर्नेसम्मका छन् । यसमा सम्बन्धित नेताहरूले ध्यान पु¥याउन जरुरी छ । ठूला नेताकहाँ बीसौं वर्षदेखि एकै खालका अनुहारहरू प्रत्येक दिन जदेखा परिरहेका हुन्छन्, अवसर पनि तिनीहरूले प्राप्त गरिरहेको कारण गाउँ जिल्लामा बसेर अवसर नपाइँदो रहेछ भन्ने मनोविज्ञान आम कांग्रेस कार्यकर्तामा पर्दै गएको छ । यति ठूलो विशाल पार्टीमा तराईको दुर्गम गाउँदेखि मनाङ, डोल्पा, पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्मका गाउँमा फाटेको जुत्ता लगाएर जनसेवा गर्नेहरूबाट कांग्रेस बाँचेको हो । गिरिजाबाबुले सधैं भन्नुहुन्थ्यो नेपाली कांग्रेसलाई गाउँमा बस्नेहरूले बचाएका हुन् । नेताहरू साँझ बिहान कार्यकर्ताको घेरामा सोच्ने मूल्यांकन गर्ने समय छैन । खाने बस्ने व्यक्तिगत अस्तव्यस्त छ । कस्को समस्या गम्भीर हो को कहिलेदेखि आफूलाई भेट्न खोजेको छ दिमाग पनि मेसिन त हैन सबै कुरा रेकर्ड हुने खालको त्यसैले बडो विचित्र अवस्था छ । कार्यकर्ताहरू हिजो गाउँबाट आएँ भन्ने काठमाडौंंमा बस्ने केही जिम्मेवारी नभएका विदेश पठाउँछु भन्ने दलाल, जग्गा दलाल कसैको सरुवा गर्ने, घूस खाने ठग प्रवृत्तिको जालोमा जोडिएकाहरू साँझ बिहान नेताको ढोकामा देखिन्छन् । त्यसैले नेताहरूले के ख्याल गर्नुप¥यो भने साँझ बिहान भेट्नेले तपाईंको श्रद्धा गरेको समर्थक भएको आत्मरति त होला मेहनत र पार्टी बचाउने हजारौं पंक्ति मेचीकालीका दूरदराज गाउँमा छन् जो तपाईंलाई वर्षमा एकपटक मात्र काठमाडौंमा आएर भेट्न कोसिस गर्छन् । त्यसैले चाहे समानुपातिक वा प्रत्यक्ष टिकटको अवसर गुटगत नै भए पनि असल कार्यक्षेत्रमा काम गर्नेलाई प्रोत्साहन गर्न नसके हाम्रो भविष्य बिग्रन्छ । एउटा परिवारको घरमुली खराब भए परिवारले दुःख पाउँछ । एक नेता खराब भए देश र जनताले दःुख पाउँछ । भारतमा कांग्रेस आईले इतिहासको विरासतको नाममा हामीले जे भन्छौं ब्रह्म बोली हो भन्ने अहंकारले भाजपा जस्तो अतिहिन्दुवादी पार्टीले कांग्रेसलाई केही समय उठ्न नसक्ने बनायो । समय फेरि कांग्रेसका लागि जटिलताका दिन आउने खतरा छ । राजा कम्युनिस्ट सबैको दुश्मनी कांग्रेससँगै छ । त्यसैले आफू भएको बेला यसलाई केही दिन्छु भन्ने नाममा कांग्रेसको इतिहास, विरासत समाप्त होला । बडो ख्याल गरेर निर्णय व्यवस्थापनमा ध्यान दिन सक्नुपर्छ । गाउँ नगएको बीस वर्ष भयो कहिले बुथमा चुनाव जित्नु छैन राष्ट्रिय नेताको पगरी गुथेर काठमाडौंमा फिरन्ते जीवन बिताउनेदेखि सचेत भएर नेपाल सानो छ चाहना राख्ने हो भने एक दुईवटा चाटुककारको भरमा नपरेर सबै कत्ति पानी माथि छन् भन्ने अध्ययन गर्ने हो भने आजको नेतृत्वले बुद्धिमत्तापूर्ण निर्णय गर्न सक्छन् ।
ङ) तराई मधेस र विकसित क्षेत्रलाई बढी प्राथमिकता दिने : हालसम्मको निर्वाचन परिणामको विश्लेषण गर्दा वामपन्थीहरूले धाँधली गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई प्रलोभनमा पार्ने, गलत सपना बाँड्ने, मनोवैज्ञानिक त्रास सिर्जना गर्ने, मुख्य क्षेत्रहरू, ग्रामीण दूरदराजका विकट वस्तीहरू मुख्य सूचीमा छन् । यसको मतलव ग्रामीण भेगमा नेपाली कांग्रेसको मतदाता छैनन् सबै जना यसबाट प्रभावित हुन्छन् भन्ने निष्कर्ष होइन उनीहरूको हतकण्डाले बढी काम त्यस्तो बस्तीमा बढी गरेको छ । स्थानीय तहको चुनावको परिणाम हेर्दा पनि पहाडी जिल्ला सदरमुकाम, गाउँ नगरपालिकाका बजार क्षेत्रका प्रमुख वडाध्यक्षहरू नेपाली कांग्रेसले विजय गरेको अवस्था देखिन्छ । एकातिर रोगभोक, अभावग्रस्त समाजमा कम्युनिस्टले छर्ने गलत भ्रमलाई हामीले व्यवस्थित रूपमा चिर्न सकेका छैनौं । अर्कातिर हामीले सत्तामा रहँदा गरेका महत्वपूर्ण उपलब्धिहरूको पनि व्यवस्थित प्रचार जनतालाई बुझाउन सकेका छैनांै । त्यसैले लोकतन्त्रका पक्षमा भएका हरेक संघर्ष र आन्दोलनको समीक्षा गर्ने हो भने सुगम, विकसित क्षेत्रहरूबाट सुरु भएर विस्तारै सबै क्षेत्रमा फैलिएको अनुभव छ । २००७ साल, २०३६ साल, २०४६ साल, २०६२÷६३ को आन्दोलनको प्रमुख सुरुवात काठमाडौं, विराटनगर, नेपालगन्ज, धनगढीलगायतका सबै अञ्चलका मुख्य ठाउँबाट सुरुवात भएको अनुभव छ । त्यो समाजलाई लोकतन्त्रको रक्षा प्राप्तिको धेरै लामो अनुभव भएको साथै गलत सपना भ्रमलाई तत्काल बुझ्न सक्ने यदि अधिनायकवादी कम्युनिस्ट व्यवस्था आएमा त्यसले समाजलाई पार्ने नोक्सानीको समेत राम्रो हेक्का छ । अर्को निर्वाचनमा धाँधली, गुन्डागर्दी, मनोवैज्ञानिक त्रासलगायतका विरुद्ध सुरक्षा व्यवस्था मिलाउन सहजता छ । साथै जनसंख्याको हिसाबले पनि धेरै निर्वाचन क्षेत्र बढी त्यही निर्वाचन क्षेत्रमा रहेको हुनाले वाम अधिनायकवादलाई रोक्नका लागि पार्टीले तराई मधेस सुगम बस्तीमा विशेष योजनाका साथ तत्काल उम्मेदवारसमेतको तय गरी निर्वाचन कार्ययोजनालाई कार्यान्वयनमा लैजान आवश्यक छ । दूरदराज ग्रामीण वस्तीलाई उपेक्षा गर्ने भनाइ नभई त्यहाँको व्यवस्थामा सचेतता अपनाउनुप¥यो तर हाम्रा नेता, मतदाता सोझा, सीधा, इमानदार हुने अवस्था छ । यस पटक यस निर्वाचनलाई जीवनमरणको प्रश्न त्यस क्षेत्रमा बनाउन सक्नु प¥यो, आफ्नो भोटको संरक्षण गर्न सक्नु प¥यो ।
(नेपाली रुकुम कांग्रेसका पूर्व सभापति हुन् ।)
प्रतिक्रिया